सुरक्षा मापदण्ड अपनाउँदै विकास योजना सञ्चालन

रासस/दमौली

कोरोना कहरका कारण तनहुँमा गत वैशाख २२ गतेदेखि निषेधाज्ञा जारी छ । निषेधाज्ञाका क्रममा निजी क्षेत्रका निर्माणका काम रोकिएपनि सरकारीतर्फका आयोजना भने नियमित सञ्चालन भइरहेको छ । जिल्ला संकट व्यवस्थापन केन्द्रले स्वास्थ्य मापदण्ड अपनाएर विकास योजना सञ्चालन गर्न अनुमति दिएको छ । निषेधाज्ञामा स्वास्थ्य मापदण्ड अपनाएर विकास निर्माणका काम धमाधम सञ्चालन भइरहेको छ । तनहुँ निर्वाचन क्षेत्र नं २ (२) मा गण्डकी प्रदेश सरकारको सहयोगमा विभिन्न आयोजना सञ्चालनमा छन् । गण्डकी प्रदेश सरकारका अर्थमन्त्री किरण गुरुङको निर्वाचन क्षेत्रमा विभिन्न ठूला आयोजनाहरु सञ्चालन भइरहेका छन् ।

यस क्षेत्रमा सञ्चालन भइरहेका योजनाहरुको अनुगमन गरिएको मन्त्री गुरुङका स्वकीय सचिव रामकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार सञ्चालन भइरहेका निर्माण कार्य सन्तोषजक रुपमा अगाडी बढिरहेको छ । यस क्षेत्रमा भिमाद ऋषिङ सडक, शाल्रि्राम करिडोर, मानपुर डेढगाउँ सडक, बरनछाङ्गा-धावादी/बरनछाङ्गा-बराहापानी, भागर भिमाद सडक, किहुँ बडरभञ्ज्याङ बजार क्षेत्र सडक, लुम्बास-ढाकर्दी सडक, भिमकाली सडक, भिम गोफा सडक, कटहरे- डुम्रीवेशी सडक, कामधेनु मावि छात्रावास भवन, फेदीखोला सडक पुल, लोकतान्त्रिक साँघुकोमुख पुल र काठेकोट अत्रौली सडक योजना सञ्चालनमा छ ।

तनहुँको भीमाद नगरपालिका-५ ऋषिङपाटन र ऋषिङ गाउँपालिका-८ पल्ट्याङ जोड्ने फेदीखोलामा रु तीन करोड ५८ लाख ३१ हजार नौ सय ८० को लागतमा पुल निर्माण भइरहेको पूर्वाधार विकास कार्यालय तनहुँका प्रमुख ओमराज ढुङ्गानाले जानकारी दिनुभयो । पुल निर्माणका लागि विसं २०७७ असार २६ गते चितवनस्थित केबिसी बिर्ल्र्डस कम्पनी प्रालिसँग सम्झौता भएको थियो । २५ मिटर लामो पुलको चौडाइ ८.४ मिटर रहनेछ । ६ मिटरमा गाडी गुड्ने र दायाँबायाँ १.४/१.४ को पेटी निर्माण हुनेछ । उक्त पुल विसं २०७८ पुस २५ गतेसम्म सम्पन्न गर्ने म्याद छ।

गण्डकी प्रदेश सरकारले गौरवको योजनाको रुपमा सूचीकृत गरेको मानपुर-डेढगाउँ-बुलिङटार सडकमा पनि काम भइरहेको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयमार्फत् रु २२ करोड ८५ लाख ४१ हजार सात सय ९३ को लागतमा उक्त मार्ग कालोपत्रे हुनेछ । तनहुँको घिरिङ गाउँपालिका-४ मानपुरबाट शुरु भएर डेढगाउँको सीमानासम्मको एघार किलोमिटर खण्डमा सडक कालोपत्रे हुनेछ । विसं २०७८ फागुन ७ गतेसम्म सम्पन्न गर्ने म्याद रहेको सडकखण्डमा आधुनिक प्रविधिको अल्फास्ट कालोपत्रे गरिनेछ । उक्त सडकको चौडाइ सात मिटर रहनेछ भने साढे पाँच मिटरको कालोपत्रे र सडकमा एक मिटरको नाला निर्माण हुनेछ ।

निषेधाज्ञाकै अवधिमा निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रम अन्तर्गत शुक्लागण्डकी-१ काठेपिपलमा सामुदायिक भवन निर्माण सम्पन्न भएको छ । प्रदेशसभा सदस्य आशा कोइरालाको पूर्वाधार विकास कार्यक्रमको रु पाँच लाख बजेट परेको उक्त भवनमा उल्लेख्य जनश्रमदानका कारण लक्ष्य भन्दा बढी काम भएको पाइएको छ । शुक्लागण्डकी-२ स्थित भुलभुले बाराही मोटर मार्गमा रु ६ लाखको लागतमा एक सय ९७ मिटर पक्की नाला निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।

शुक्लागण्डकी-६ स्थित जनसेवा मोटरमार्ग, शुक्लागण्डकी-७ स्थित शहीद गीता मार्गको पक्की नाला निर्माण, शुक्लागण्डकी-८ स्थित डहरे सामुदायिक भवन, शुक्लागण्डकी-१२ स्थित जामुनेफेदी सामुदायिक भवनको लक्षित काम सम्पन्न भएका छन् । शुक्लागण्डकी- ८ लालिम स्थित खेलमैदान र शुक्लागण्डकी-२ स्थित शहीद स्मृति पार्कमा प्रतिमा निर्माणको काम प्रारम्भिक चरणमा छ ।

यसैगरी शुक्लागण्डकी-११ स्थित राजपुर माध्यमिक विद्यालयको कम्पाउण्ड निर्माण र शुक्लागण्डकी-१० स्थित देउराली सामुदायिक भवन निर्माणको काम द्रुतगतिमा अघि बढेको छ । उधारो तथा सापटी रकममा योजना सम्पन्न गरिसकेका उपभोक्ताहरूलाई भुक्तानीमा समस्या नहोस् भनेर निषेधाज्ञाको समयमा पनि सुरक्षा मापदण्ड पालना गरेर कामलाई निरन्तरता दिइएको प्रदेशसभा सदस्य कोइरालाले बताउनुभयो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker