तनहुँको दमौलीमा एमाले-जोशी समूहको शक्ति प्रदर्शन (भिडियो सहित)

भञ्ज्याङ न्यूज

आसन्न स्थानीय निर्वाचनको मौन अवधि सुरु हुनु पूर्व तनहुँको दमौलीमा नेकपा एमाले र गोविन्दराज जोशी समूहले शक्ति प्रदर्शन गरेको छ ।

व्यास नगरपालिकाका मेयर पदका उम्मेदवार दीपकराज जोशी, उपमेयरका उम्मेदवार बसुन्धरा घर्ती सहित १४ वटै वडाका अध्यक्ष र सदस्यका उम्मेदवारको सहभागितामा शक्ति प्रदर्शन गरिएको हो ।

अनसनचोकबाट सुरु भएको र्‍यालीले दमौली बजारको विभिन्न भागको परिक्रमा गरेको थियो । र्‍यालीपछि खुल्ला मैदानमा चुनावी सभा आयोजना गरिएको थियो ।

यस्तै, नेकपा एमालेले जिल्लाका १० वटै पालिकामा मंगलबार चुनावी आम सभा गरेको छ । आज राती १२ बजेदेखि निर्वाचनको कुनै पनि कार्यक्रम सन्चालन गर्न नपाउने मौन अवधि सुरु हुने भएपछि मंगलबार जिल्लाभर चुनावी र्‍याली र सभाको कार्यक्र आयोजना गरियो ।

एमालेले सदरमुकाम दमौली सहित, शुक्लागण्डकी नगरपालिका र म्याग्दे गाउँपालिकामा मंगलबार चुनावी सभाको आयोजना गरेको थियो । अन्य पालिकामा भने क्रमशः यस अघि नै कार्यक्रमहरु भएका थिए । मंगलबार दमौलीमा एमाले र जोशी समुहको संयुक्त र्‍याली र चुनावी सभाको आयोजना गरिएको थियो । मंगलबार एमाले र जोशी समुहले सयौंको संख्यामा मोटरर्साईकल र पैदल र्‍याली प्रदर्शन गरेको थियो ।

दमौलीको सभालाई नेकपा एमाले स्थायी कमिटी सदस्य किरण गुरुङ, नेपाली काँग्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशी, एमाले केन्द्रीय सदस्य भगवती न्यौपाने, केन्द्रीय सल्लाहाकार एकबहादुर राना, एमाले तनहुँका सचिव राजेश्वर ढकाल एमाले तनहुँका उपसचिव प्रदिपराज अधिकारी, नेपाली काँग्रेसकी पूर्व महासमिति सदस्य बालकुमारी लोहोनी, नेपाल शिक्षक संघका सभापती कमलभक्त पोख्रेल, विपि विचार समाजका हरिशरण पण्डित लगायतले सम्बोधन गरेका थिए ।

भिडियोका लागि तलको लिंकमा जानुहोला

https://www.youtube.com/watch?v=XqRMPzjwJ40

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker