पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागू गर्न माग

भञ्ज्याङ समाचारदाता/दमौली

राष्ट्रिय जनमुक्ति पार्टी तनहुँले पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागु गर्न माग गर्दै सरकारलाई ज्ञापनपत्र बुझाएको छ । पार्टीका जिल्ला अध्यक्ष भुवनसिं थापाले मंगलबार प्रमुख जिल्ला अधिकारी मार्फत् सरकारलाई बुझाएको ज्ञापनपत्रमा नजिकिदै गरेको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागु गर्न माग गरिएको छ ।

पहिलो हुने निर्वाचित प्रणालीले देशमा भ्रष्टाचार, गुटबन्दी, व्यक्तिवाद, अराजकतालाई प्रोत्साहन गरेको भन्दै विज्ञप्तीमा पूर्ण समानुपातिक निर्वाचन प्रणाली यसै पटकदेखि लागू गर्न माग गरिएको छ ।

ज्ञापनपत्रमा राष्ट्रिय दलको मान्यता खारेज गर्न माग गरिएको छ । संविधानले समेत परिकल्पना नगरेको राष्ट्रिय दलको मान्यताको व्यवस्थाले खुल्ला, शान्तिपूर्ण र लोकतान्त्रिक पद्धतिबाट अगाडी बढ्न चाहने दलहरुलाई निर्वाचन परिणाको आधारमा निषेध र दुरुत्साहित गर्नुका साथै दलीय प्रतिबन्धात्मक अवस्था सिर्जना गरेको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

ज्ञापनपत्रमा विदेशमा रहेका नेपालीलाई समेत मतदानको व्यवस्था गर्न माग गरिएको छ । विदेशमा रहेका नेपालीलाई विदेशबाटै मतदान गर्न पाउने व्यवस्थाका लागि पहल गर्न सरकारलाई आग्रह गरिएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker