व्यास नगरपालिकामा ६ वटा मतदान केन्द्र थप्न सिफारिस

भञ्ज्याङ न्यूज

तनहुँको व्यास नगरपालिकाका विभिन्न वडामा गरी ६ वटा मतदान केन्द्र थप गर्न सिफारिस गरिएको छ । व्यास नगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा बसेको सर्वदलीय बैठकले मतदातालाई अपाएक पर्ने स्थानमा मतदान केन्द्र थप गर्ने निर्णय गरी सिफारिस गरेको हो ।

जिल्ला मतदान स्थल तथा मतदान केन्द्र सिफारिस समितिको बैठकले मतदान गर्नका लागि दुरीका हिसाबले लामो पर्ने स्थानमा मतदान केन्द्र स्थापना गर्ने बिषयमा निर्णय भएको व्यासका सूचना प्रविधि अधिकृत बिशाल पण्डितले बताए ।

बैठकले वडा नं. ५ को शुक्र आधारभूत विद्यालय चिन्तुटार, वडा नं. ७ को क्यामिन मावि कलेस्तीबजार, वडा नं. ८ को शहिद धर्म आधारभूत विद्यालयमा मतदान केन्द्र थप गर्ने निर्णय गरेको छ ।

बैठकले वडा नं. १० को शिब मावि दुम्सीबजार, वडा नं. १२ को छाब्दी प्रावि छाब्दीबजार र वडा नं. १३ को सिद्धबेनी आधारभूत विद्यालय बेलबासमा मतदान केन्द्र थप गर्ने निर्णय गरेको छ ।

यस्तै, सोही बैठकले व्यास नगरपालिका वडा नं. ८ को गाविस भवन फेदीलाई संशोधन गरी वडा नं. ८ को वडा कार्यालय भवन ढाडफेदी कायम गर्ने निर्णय गरेको छ ।

नगरपालिकाको वडा नं. ९ को नारायणचौर आधारभूत विद्यालय चण्डिस्थानमा मर्ज भएको तर सबै मतदातालाई पायक पर्ने स्थान भएको हुँद संगै जोडिएको नारायण चौर समुदायिक भवन कायम गर्ने निर्णय गरेको छ ।

यस्तै, प्रदेश क्षेत्र १(२) छाब्दी क्षेत्रका वडा नं. १२, १३ र १४ का मतदाताहरुलाई एकै स्थानमा मतदान गर्नका लागि एउटा मतदान केन्द्र कायम गर्ने निर्णय गरेको छ ।

थप गर्न सिफारिस गरिएका मतदान केन्द्रहरुको विवरण तयार गर्न सम्बन्धित वडाका जनप्रतिनिधी, राजनीतिक दलका प्रतिनिधी र सम्बन्धित टोल विकास संस्थाका प्रतिनिधीहरुको सहभागितामा साउन ९ गते दिनको १ बजेभित्र बिवरण तयार गर्ने जिम्मेवारी दिइएको छ ।

उक्त बैठकमा नेपाली कांग्रेसका व्यास नगर सभापति सूर्यचन्द्र हड्खले, नेकपा एमाले नगरसभापति बिरेन्द्र अधिकारी, नेकपा माओवादी केन्द्र व्यासका अध्यक्ष रामचन्द्र सापकोटा, नेकपा एसका प्रतिनिधी मंगलप्रसाद श्रेष्ठ, राप्रपा प्रतिनिधी आइतबहादुर घले र राष्ट्रिय जनमोर्चाका धन बहादुर परियारको सहभागिता रहेको बताइएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker