पत्रकार कल्याणकारी कोषमा लोक गायक महतद्वारा आर्थिक सहयोग

भञ्ज्याङ न्यूज

तनहुँको शुक्लागण्डकी-८ ढोरफिर्दी घर भई हाल अमेरिकाको वाल्टीमोरमा बस्दै आएका अमेरीकाका लागि अवैतनिक महावाणिज्यदुत प्रेमराजा महतले नेपाल पत्रकार महासंघ तनहुँ शाखाको पत्रकार कल्याणकारी कोषमा रकम सहयोग गरेका छन् । महतले कोषका लागि २५ हजार ५५५ रुपैयाँ सहयोग गरेका छन् । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य प्रदीप काफ्लेको पहलमा महतले सहयोग रकम हस्तान्तरण गरेका हुन् ।

महतले जिल्लामा रहेका संचारकर्मीहरुले गरेको पुण्य काममा आफ्नो सदैव सहयोग रहने बताएका छन् । उनले विगतमा पनि सहयोग गरेको र जिल्लाको संचार क्षेत्रको विकासमा आगामी दिनमा समेत सहयोग गर्ने प्रतिवद्वता जनाएका छन् ।

२०३४ सालदेखि लोक गायन क्षेत्रमा सक्रिय महत अहिले अमेरीकाको बाल्टीमोरमा ‘नेपाली हाउस’ होटल संचालन गर्दै आएका छन् । महतले नेपालका बिभिन्न समाजिक संघ संस्थाका अलवा अमेरीकामा समेत नेपाली समाज तथा मठ मन्दिरमा सहयोग गर्दै आएका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker