म्याग्दे-३ को वडाकार्यालय भवनबाट सेवा सुचारु

भञ्ज्याङ समाचारदाता/भ्याग्दे

तनहुँको म्याग्दे गाउँपालिका-३ को नवनिर्मित वडाकार्यलय भवनको उद्घाटन भएको छ । जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले र म्याग्दे गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले संयुक्त रूपमा भवन उद्घाटन गरेका थिए ।

भवनको उद्घाटन गर्दै प्रमुख वाग्लेले सुन्दर ठाउँमा, सबैलाई पायक पर्ने गरी राजमार्गको छेउमा वडा कार्यलय भवन बन्नु सबै वडा बासिहरूका लागि खुसिको कुरा भएको बताए । उनले भने, ‘अहिलेसम्म कता बन्छ के हुन्छ भन्ने थियो, तर अब निश्चित ठाउँ तोकिएको छ ।’

राजनीतिक आन्दोलनबाट मुलुकले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था पाएसँगै स्थानीय तह गठन भएको र त्यसैको प्रारूप म्याग्दे गाउँपालिका भएको बताउँदै उनले यहि बैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदैछ, जनप्रतिनिधि रोज्ने दिन आएको हुँदा एक दिनको बिवेकले पाँच बर्षको जनप्रतिनिधि चयन हुने हुँदा राम्रो काम गर्नेलाइ रोज्न सुझाव दिए ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष मायादेवी रानाले वडा कार्यलय उद्घाटन गर्दा डेराबाट घरमा सरेको जस्तो खुसिको अनुभव भएको बताइन् । तनहुँमा म्याग्दे मात्रै यस्तो गाउँपालिका हो जहाँ निस्पक्ष काम हुन्छ रानाले ठोकुवा दिएर भनिन्, ‘वडा कार्यलय भवन बन्यो अब यहाँबाट दिइने सेवाहरू सहज र चुस्त दिनसक्नुपर्छ, अनि बल्ल यसको उपयोग प्रभावकारी हुन्छ ।’
गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले गाउँपालिका भित्रका आवस्यक संरचना बनाउन जग्गा खोज्ने क्रममा अन्य ठाउँमा भन्दा यो ठाउँ उपयुक्त लागेको बताए । राज्यको पुनःसंरचना भयो, तीन तहको शासन व्यवस्था निर्धारण भयो, यसमा म्याग्दे गाउँपालिका गठन गर्न सकेको उनले चर्चा गरे ।

प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद अधिकारीले आर्थिक वर्ष ०७७/०७८ र ०७८/०७९ को पुर्वाधार बर्षको रूपमा लिएको बताए । अधिकारीले कुल लागत ८७ लाख ५७ हजार मध्ये ४५ लाख ३० हजार ९ सय २४ -भ्याट बाहेक)मा भवन निर्माणको लागि देउराली विल्डर्सले ठेक्का लिइ सम्पन्न गरेको बताए । अधिकारीले वडा कार्यालय भवन बनाउन निःशुल्क रूपमा ८ आना जग्गा सहित पास खर्च समेत व्यहोर्ने कृष्णराज पण्डितलाई सम्मान गरिएको थियो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker