स्वचालित घन बनाउने विश्वकर्मालाई गाउँपालिकाको प्रोत्साहन

भञ्ज्याङ समाचारदाता/आँवुखैरेनी

फलाम मार हान्न स्वचालित घन बनाउने पुड्के विश्वकर्मालाई तनहुँको आँबुखैरेनी गाउँपालिकाले सम्मान गरेको छ । लामो समयदेखि आरन व्यवसाय सञ्चालन गर्दै आएका विश्वकर्मालाई गाउँपालिकाले नगदसहित सम्मान गरेको हो ।

चितवनको कालिका नगरपालिका-४ स्थायी ठेगाना भई हाल आँबुखैरेनी गाउँपालिका-५ बस्ने विश्वकर्मालाई गाउँपालिकाले नगद रु २० हजारसहित सम्मानपत्र प्रदान गरेको हो । परम्परागत आरनलाई आधुनिकीकरण गरी घरेलु सीपलाई उद्यममा विकास गर्न सहयोग पुर्‍याएबापत विश्वकर्मालाई सम्मान गरिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताए । अध्यक्ष चुमानले भने, ‘लामो समयदेखि आरन व्यवसाय गर्दै आउनुभएका उहाँले आधुनिकीकरणमा पुर्‍याएको योगदानस्वरुप प्रोत्साहन गर्न नगदसहित सम्मान गरेका हौँ ।’

फलामलाई आकार दिन घन हान्न बलियो मानिस चाहिने भएकाले विकल्पका रूपमा स्वचालित घन निर्माण गरेको विश्वकर्माले बताए । फलाम गाल्न घन हान्न कम्तीमा दुइ जना मानिस चाहिने भएकाले स्वचालित घन बनाएको उनले बताए । युट्युब हेरेर करिब ३० हजार रुपैयाँको लागतमा स्वचालित घन बनाएको विश्वकर्माको भनाइ छ ।

विश्वकर्माका अनुसार खुट्टाले थिचेपछि स्वचालित घनले दबाब दिने र घनको चाललाई नियन्त्रण र बन्द खुट्टाबाटै गर्न सकिनेछ । आरन व्यवसाय सञ्चालन गरी विश्वकर्माले आम्दानी गर्दै आएका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker