देशैभर दुई हजार १२० मा कोरोना पुष्टि, ८ जनाको मृत्यु

गत २४ घण्टामा उपत्यकामा एक हजार १७७ सहित गरी देशैभर दुई हजार १२० मा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित प्रेश ब्रिफिङमा प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले गत २४ घण्टामा कोभिड–१९ मुक्त भई घर फर्किनेको सङ्ख्या दुई हजार ४४ रहेको जानकारी दिनुभयो ।

हालसम्म देशभरी जम्मा सक्रिय सङ्क्रमितको सङ्ख्या २१ हजार ३०२ छ । संस्थागत आइसोलेसनमा रहनुभएका व्यक्तिहरुको सङ्ख्या ९ हजार ७७३ छ । प्रदेश १ मा २४०, प्रदेश २ मा ६११, बाग्मती प्रदेशमा छ हजार ८९३, गण्डकी प्रदेशमा ३८७, प्रदेश ५ मा ९५१, कर्णाली प्रदेशमा ३७७ र सुदुरपश्चिम प्रदेशमा ३१४ जना हुनुहुन्छ । प्रवक्ता गौतमले भन्नुभयो, “होम आइसोलेसनमा रहनुभएका व्यक्तिहरुको सङ्ख्या प्रदेश १ मा एक हजार ७०५, प्रदेश २ मा ५१८, बाग्मती प्रदेशमा सात हजार ३७, गण्डकी प्रदेशमा ५३२, प्रदेश ५ मा एक हजार २०५, कर्णाली प्रदेशमा २३०, सुदुरपश्चिम प्रदेशमा ३०२ जना गरी जम्मा एघार हजार ५२९ जना हुनुहुन्छ ।”

गत २४ घण्टामा गरिएको पिसिआर १२ हजार ९७८ मा गरिएको छ । त्योसँगै हालसम्म १० लाख ६१ हजार ६६४ परीक्षण गरिएको छ । क्वारेन्टिनमा रहनुभएका व्यक्तिहरुको सङ्ख्या ४ हजार २७३ छ । प्रदेशअनुसार प्रदेश १ मा ५०८, प्रदेश २ मा १२७, बाग्मती प्रदेशमा ५०७, गण्डकी प्रदेशमा ६४१, प्रदेश ५ मा एक हजार २०९, कर्णाली प्रदेशमा ६०३ र सुदुरपश्चिम प्रदेशमा एक हजार ६७८ जना रहेका छन् । सङ्क्रमण मुक्त भई हालसम्म घर फर्कनेको सङ्ख्या ६२ हजार ७४० जना रहेका छन् ।

कोभिड–१९ बाट मुक्त हुनेको सङ्ख्या ७४.१ प्रतिशत छ । देशैभरी आइसियुमा उपचाररत विरामीको सङ्ख्या २१७ हुनुहुन्छ । भेन्टिलेटरमा उपचारत सङ्ख्या जम्मा ३१ रहेको छ । कोभिड–१९ बाट ८ जनाको मृत्यु भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको सङ्ख्या ५२८ पुगेको छ ।

मोरङ, सिरहा, ललितपुर, काठमाडौँ, चितवन, भक्तपुर र रुपन्देहीमा पाँच सय बढि सक्रिय सङ्क्रमित रहेका छन् । कोभिड–१९ शून्य भएका जिल्लामा मनाङ, मुस्ताङ र डोल्पा रहेका छन् । विश्वमा हालसम्मको तथ्याङ्क हेर्दा तीन करोड ४८ लाख ३७ हजार ४२ जना व्यक्ति कोभिड–१९ बाट सङ्क्रमित हुनुभएको छ । त्यसमा निको हुनेको सङ्ख्या दुई करोड ५१ लाख ५७ हजार ६६० रहेको छ । रासस

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker