शुक्लागण्डकीमा न्यायिक समितिको पदस्थापन
भञ्ज्याङ समाचारदाता/दुलेगौंडा

तनहुँको शुक्लागण्डकी नगरपालिकाको न्यायिक समितिको सोमबार पदस्थापन गरिएको छ । संविधानको धारा २१७ बमोजिम शुक्लागण्डकी नगरपालिकाका उपप्रमुख खुम बहादुर बिकको संयोजकत्वमा सदस्य लक्ष्मी देबी भण्डारी र कुश्माखर खत्री गठित तीन सदस्यीय समितिको पदस्थापन गरिएको हो ।
शुक्लागण्डकी नगरपालिकाका नगरप्रमुख कृष्णराज पण्डितले न्यायिक समितिका पदाधिकारीहरुलाई पदस्थापन गराएका हुन् । स्थानीय न्यायिक समितिले नेपालको संबिधानले तोकेको अधिकार क्षेत्र भित्र रही प्रभावकारी ढंगले सेवा दिन भूमिका खेल्नुपर्ने भन्दै सफल कार्यकालको शुभकामना ब्यक्त गरेका थिए ।










