भिमाद नगरपालिका : ‘किसानसँग नगरप्रमुख’ कार्यक्रम सञ्चालन

दमौली : भिमाद नगरपालिकाले कृषि तथा पशुपालन क्षेत्रको विकास र विस्तार गर्दै किसानलाई व्यावसायिक बनाउने उद्देश्यले ‘किसानसँग नगरप्रमुख’ कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

स्थानीयको जीवनयापनसँग प्रत्यक्ष जोडिएको भरपर्दो आयआर्जनको स्रोत कृषि व्यवसाय भएकाले नगरपालिकाले यस क्षेत्रमा विशेष जोड दिएको नगरप्रमुख दधिराज सुवेदीले बताउनुभयो । नगरपालिकाको भौगोलिक अवस्थालाई मध्यनजर गर्दै कृषि तथा पशुपालनमै आधारित कार्यक्रम ल्याइएको नगरप्रमुख सुवेदीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “कृषि तथा पशुपालनको उत्पादन र उत्पादकत्व वृद्धि गर्दै किसानको जीविकोपार्जनमा सुधार ल्याउने तथा नगरपालिकालाई यस क्षेत्रमा आत्मनिर्भर बनाउने हाम्रो लक्ष्य हो ।”

कार्यक्रमअन्तर्गत नगरप्रमुखसहित जनप्रतिनिधि र सम्बन्धित शाखाका प्रमुख प्रत्यक्ष रूपमा किसानसँग भेटघाट गरी उनीहरूको अवस्था, समस्या र आवश्यकताबारे जानकारी लिने तथा समाधानतर्फ पहल गरिनेछ । उक्त कार्यक्रम आगामी माघबाट नगरपालिकाका सबै वडामा सञ्चालन गरिने जनाइएको छ ।

नगरप्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत तथा कृषि र पशु सेवा शाखाका प्रमुखबीच बसेको बैठकले माघको पहिलो हप्तादेखि नियमित रूपमा किसानको घरदैलोमा सेवा प्रवाह गर्ने निर्णय गरेको हो ।

कार्यक्रममार्फत किसानले जनप्रतिनिधि तथा कृषि–पशु सेवा शाखाका कर्मचारीसँग प्रत्यक्ष भेट गरी आफ्ना सुझाव र समस्या राख्न पाउनेछन् । सङ्कलित राय–सुझावलाई आगामी वर्षको नीति तथा बजेटमा समेट्ने प्रयास गरिने नगरपालिकाले जनाएको छ ।

प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद पुनका अनुसार कार्यक्रममा नगरपालिकाबाट प्रवाह हुने सम्पूर्ण सेवाबारे जानकारी दिइनेछ भने उठेका जिज्ञासा र समस्यालाई यथाशक्य तत्काल समाधान गर्ने प्रयास गरिनेछ । कृषि विकास शाखा र पशु विकास शाखाबाट प्रदान गरिने सेवाको स्थलगत जानकारी तथा आवश्यक प्राविधिक सेवासमेत उपलब्ध गराइने उहाँँले बताउनुभयो ।

नगरपालिकाले कृषि तथा पशुपालन क्षेत्रको विकासका लागि विभिन्न प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ । कृषि औजार, कृषि सामग्री, बीउबिजनमा ८० प्रतिशतसम्म अनुदान उपलब्ध गराउँदै आएको नगरपालिकाले जनाएको छ ।

त्यसैगरी, पशुआहार व्यवस्थापनका लागि साइलेज व्यवस्था तथा दुग्ध उत्पादन गर्ने किसानलाई प्रोत्साहनस्वरूप प्रतिलिटर रु १० अनुदान प्रदान गर्दै आएको नगरपालिकाले जनाएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker