डुम्रेमा अन्तर सहकारी समन्वय समितिको बैठक सम्पन्न

भञ्ज्याङ समाचारदाता/डुम्रे

तनहुँको बन्दिपुर गाउँपालिका-१ डुम्रे बजार वरपरका वचत तथा ऋण सहकारी संस्थाहरुको अन्तर सहकारी समन्वय समितिको बैठक शनिबार डुम्रेमा सम्पन्न भएको छ । डुम्रे बचत तथा ऋण सहकारी संस्थाको व्यवस्थापनमा बसेको बैठकमा सहकारी संस्थाहरुको कर्जा जोखिम न्यूनिकरणका विषयमा छलफल गरिएको छ ।

बैठकमा सबै सहकारीका ऋण उपसमिति संयोजकत्वमा खराव ऋणीको विवरण प्रस्तुत गरिएको थियो । खराव कर्जा कारोवार गर्ने सदस्यको नाम तिनपुस्ते सहित खराव ऋणीमा सूचिकृत समेत बैठकले गरेको छ ।

सहकारीका खराव ऋणी सदस्यलाई असार मसान्तसम्मा व्यवस्थापन गर्न सचेत गराउने, नतिरेमा उक्त नामावली सूचना बोर्ड, सार्वजनिक स्थान, वडा कार्यालय टाँस गर्ने र स्थानीय निकायबाट पाउने सेवा सुविधासम्म रोक्का गर्न सक्ने गरी लेखि पठाउने निर्णय बैठकले गरेको छ ।

डुम्रे सहकारीको सभापतित्वमा आयोजित बैठकमा बन्दिपुर-१ का अध्यक्ष शिवकुमार श्रेष्ठ, अन्तर सहकारी समन्वय समितिका संस्थापक अध्यक्ष परशुराम अधिकारी लगायतले सहकारीलाई बचाई राख्न जोखिम कर्जा घटाउनुपर्ने बताएका थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker