सूर्यमुखीको अनुगमन

पाल्पाको रामपुर नगरपालिका-५, बेझाड खेतमा किसानले लगाएका सूर्यमुखी बाली अवलोकन गर्दै वडा अध्यक्ष हिमाल मल्ल, कृषि शाखा प्रमुख रामहरि पाण्डेय लगायत टोली । पकेटक्षेत्र कार्यक्रम अन्तर्गत यहाँ करिब २०० रोपनी क्षेत्रफलमा सूर्यमुखीको व्यावसायिक खेती गरिएको छ । तस्बिर : सुशीला रेग्मी/रासस










