शुक्लागण्डकीमा मोटरसाइकल र कन्टेनर ठोक्किदा सेनाका सिपाहीको मृत्यु

पृथ्वीराजमार्ग अन्तरगत जिल्लाको शुक्लागण्डकी नगरपालिका–७ स्थित मालेबगरमा सोमबार दुर्घटना हुँदा नेपाली सेनाका सिपाहीको मृत्यु भएको छ ।

पोखराबाट दमौलीतर्फ जाँदै गरेको ग१४प७२०१ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आउँदै गरेको ना७ख११६८ नम्बरको कन्टेनर एक आपसमा ठोक्किदा कास्की मादी गाउँपालिका–९ घर भई हाल २१ नम्बर बाहिनी अड्डा झापामा कार्यरत सिपाही २८ वर्षीय प्रदिप भट्टराई रहेको प्रहरी कार्यालय तनहुँले जानकारी गराएको छ ।

उक्त दुर्घटनामा घाइते प्रदिपको जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा उपचारको त्राममा मृत्यु भएको प्रहरीले बताएको छ । कन्टेनर चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भैरहेको प्र्रहरी कार्यालय तनहुँले जनाएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker