पृथ्वीराजमार्गको पश्चिम खण्डमा एघार पुल निर्माण

तनहुँ : पृथ्वी राजमार्गअन्तर्गत पोखरा–मुग्लिन ३८ किलोमिटर सडकको पश्चिम (पोखरा–जामुने) खण्डमा १२ मध्ये ११ वटा पुल निर्माण भएका छन् ।

सडक आयोजना कार्यालयका अनुसार म्याग्दे खोला, कुम्ले खोला, ठाडे खोला, सम्धी खोला, मूलखोला, फेदीखोला–१, फेदी खोला–२, रुदी खोला, हलेदी खोला, काली खोला र कास्कीको कोत्रे खोलामा पुल निर्माण भएका हुन् । उक्त खण्डमा १०५ वटा कल्भर्ट पनि निर्माण भएका छन् ।

हालसम्म उक्त सडकको भौतिक प्रगति ५९.८९ र वित्तीय प्रगति ४७.८० प्रतिशत भएको छ । करिब ३० किलोमिटर दुईतर्फी (चार लेन) र आठ किलोमिटर एकतर्फी (दुई लेन) कालोपत्र भएको छ । पूर्वी खण्ड (जामुने–मुग्लिन) को ४३ किलोमिटर सडक निर्माण भने अन्तिम चरणमा पुगेको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker