आन्दोलनमा तनहुँका चिकित्सकहरूको पनि समर्थन

तनहुँ : चिकित्सकहरूको पेशागत हकहित र चिकित्सा शिक्षा आयोग सम्बन्धी मागहरूलाई लिएर देशभरका चिकित्सकहरू आन्दोलनमा उत्रिरहेका बेला नेपाल चिकित्सक संघ, तनहुँ शाखाले केन्द्रीय कार्यकारिणी समितिद्वारा घोषित आन्दोलनलाई पूर्ण समर्थन जनाएको छ ।
२०८२ बैशाख १० गते संघको केन्द्रीय कार्यकारिणी समितिको निर्णय अनुसार चिकित्सा शिक्षा आयोगले विगत केही वर्षदेखि लिएको निर्णयप्रति गम्भीर असन्तुष्टि जनाउँदै संघले आन्दोलनमा उत्रनु परेको हो ।
यसै सन्दर्भमा तनहुँ शाखाले समेत उक्त आन्दोलनलाई नैतिक, सांगठनिक तथा व्यवहारिक रुपमा पूर्ण समर्थन गर्ने निर्णय गरेको शाखाका अध्यक्ष डा. राम कुमार श्रेष्ठले जानकारी दिए ।
यसैबीच तनहुँ शाखाले विहीबार जिल्ला प्रशासन कार्यालय तनहुँमा चिकित्सक संघको आन्दोलन कार्यक्रम बारेमा जानकारी गराएको छ । नेपाल चिकित्सक संघ तनहँु शाखाका उपाध्यक्ष परिर्वतन बरालको नेतृत्वमा सहायक प्रमुख जिल्ला अधिकारी जित बहादुर अधिकारी सँग चिकित्सक संघको आन्दोलनको बारेमा जानकारी गराएको हो ।
चिकित्सक संघले एक विज्ञप्ती जारी गदै बैशाख २४ गतेसम्म आफना माग सम्बोधन नभए थप कडा आन्दोलनमा जानुपर्ने अवस्था आउन सक्ने चेतावनीसमेत दिएको छ । त्यस्तै, गत बैशाख ९ गतेको देशव्यापी आकस्मिक तथा सघन उपचार सेवा बहिष्कारसम्बन्धी कार्यक्रमको जानकारी पनि प्रेस विज्ञप्तिमार्फत सार्वजनिक गरिएको छ ।
शाखाले जनतालाई पर्न सक्ने असहजताको लागि क्षमायाचना गर्दै स्वास्थ्य सेवा सुधार तथा चिकित्सकहरूको सुरक्षाका लागि सबै पक्षको ध्यानाकर्षण समेत गराएको छ। प्रेस विज्ञप्तिमा अध्यक्ष डा. राम कुमार श्रेष्ठ र सचिव डा. दिनेश शर्माको संयुक्त हस्ताक्षर रहेको छ ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker