गौ संरक्षणले गिद्ध संरक्षणमा राहत

दमौली

व्यास नगरपालिका–१० मादीनदी किनारस्थित शिशुवा भतेरीमा गौ संरक्षण थालेसँगै विभिन्न प्रजातिका गिद्धहरु देखिन थालेका छन् । छाडा चौपायाले सडक अवरुद्ध गर्नुका साथै दुर्घटनासमेत निम्त्याउन थालेपछि नगरपालिकाको सहयोगमा गौ संरक्षण केन्द्र स्थापना गरिएको हो ।

वृद्व गाई मरेपछि नगाडी खुलारूपमा राखिदिन थालेपछि गिद्धहरु सिनो खाना आउन थालेको वडाध्यक्ष तुलसीराम सापकोटाले जानकारी दिनुभयो । गौ संरक्षण गर्नुअघि गिद्धहरु देखिन कठिन हुने गरे पनि अहिले दैनिक विभिन्न प्रजातिका ५० देखि ६० वटासम्म गिद्धहरु आउने गरेको उहाँले बताउनुभयो । “सबै गिद्धको नाम त जान्दैनौ”, उहाँले भन्नुभयो, “घाँटी खुइले, हिमाली, गरुड, सेतो, राजा, घाँटी लामो भएका र स्थानीय जातका गरी करिब नौ प्रजातिका गिद्धहरु देखिन थालेका छन् ।”

विसंं २०७५ देखि गौ संरक्षण थालिएको हो । तीन वटा ब्लकमा गरी करिब ३०० रोपनी सार्वजनिक क्षेत्रफलमा गौ संरक्षण गरिनुका साथै गाईको मलमुत्र र कुहिने फोहोरलाई प्रयोग गरी बायोग्याँस प्लान्ट निर्माण गर्न थालिएको छ ।

गिद्ध संरक्षणले वातवरणीय सन्तुलन राख्नका लागि सहयोग पुग्ने हुँदा गौ पालनसँगै यसको संरक्षणका लागि थप सहयोग मिलेको वडाध्यक्ष सापकोटाले बताउनुभयो । गौ संरक्षण तथा प्राङ्गारिक मल उत्पादन केन्द्रले अहिले ५२ वटा गाईको संरक्षण गर्दै आएको छ । नगरपालिकाको सक्रियतामा छाडा पशुचौपायाहरु सङ्कलन गरी व्यवस्थित गरेको हो ।

व्यास–१० मादी नदी किनारस्थित शिशुवा भतेरीमा करिब ६० घनमिटर क्षमताको बायोग्याँस प्लान्ट निर्माण गरी विद्युत् उत्पादन गरिसकेको छ । नगरपालिकाको रु सात लाख र वैकल्पिक ऊर्जा प्रवर्दन केन्द्रको रु सात लाख गरी कूल रु १४ लाखको लागतमा प्लान्ट निर्माण गरी बिद्युत् निकालिएको वडाध्यक्ष सापकोटाले जानकारी दिनुभयो ।

पहिलो चरणमा इनारको पानी तानेर तरखारी खेती गर्दै आएका प्रभावित किसानहरुलाई प्राथामिकताका आधारमा निःशुल्क विद्युत् वितरण गरिएको उहाँले बताउनुभयो । नगरपालिकाले दमौली क्षेत्रबाट दैनिक फोहोर सङ्कलन गर्दा कुहिने र नकुहिने गरी छुट्टाछुट्टै सङ्कलन गरेर बिर्सजन गर्दै आएको छ । रासस

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker