बन्दिपुर गाउँपालिकाले आफ्नै लोगो बनाउने
भञ्ज्याङ न्यूज

तनहुँको बन्दिपुर गाउँपालिकाले आफ्नै लोगो बनाउने निर्णय गरेको छ। गाउँ कार्यपालिकाको वैशाख १६ गतेको निर्णयअनुसार प्राकृतिक, सांस्कृतिक, ऐतिहासिक तथा भौगोलिक पहिचान झल्किने गरी लोगो बनाउनका निर्कणय गरेको हो ।
लोगो डिजाइनको लागि खुला प्रतिस्पर्धात्मक विधिबाट निर्माण गर्नका लागि इच्छुक व्यक्ति वा संस्थालाई विभिन्न र्सतमा आधारित निर्धारित समयभित्र दरखास्त दिने निर्णय भएको गाउँपालिका प्रवक्ता एवं वडा नं. १ का अध्यक्ष शिवकुमार श्रेष्ठले बताए ।
छनौट हुने लोगो डिजाइनकर्ताले नगद २५ हजार पुरस्कार पाउने बन्दिपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवेशराज हमालले बताए ।










