पर्यटकीय गन्तव्यको रुपमा विकास भइरहेको तनहुँको मानहुँकोटमा जग्गा किनबेच रोक्का

पर्यटकीय गन्तव्यको रुपमा विकास भइरहेको तनहुँको व्यास नगरपालिका–५ मानहुँकोटमा जग्गा किनबेच रोक्का गरिएको छ । व्यास नगरपालिकाको आज मानहुँकोटमा बसेको कार्यपालिकाको बैठकले सोमबारदेखि नै लागू हुने गरी जग्गा किनबेच रोक्का गरेको हो ।

पछिल्लो समय पर्यटक उल्लेख्य वृद्धि भएपछि मानहुँकोटमा जग्गा किनबेचको क्रम बढेको र गुरुयोजना निर्माणका लागि दुई महिना जग्गा किनबेच रोक्का गर्ने निर्णय भएको नगरपालिकाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

मानहुँकोटको मौलिकता संरक्षण गर्न तत्काल गुरुयोजना, खानेपानी विस्तृत परियोजना निर्माण गर्ने र सो कार्यका लागि रु पाँच लाख बजेट विनियोजन गर्ने निर्णय बैठकले गरेको छ । “गुरुयोजना निर्माण हुने अवधि कात्तिक २४ गतेदेखि लागू हुने गरी पुस मसान्तसम्म मानहुँकोटको जग्गा रजिष्ट्रेशन सम्बन्धी कार्यको सिफारिस बन्द गर्ने निर्णय भएको छ,” उहाँले भन्नुभयो ।

मानहुँकोट क्षेत्रका सार्वजनिक जग्गाहरु एकिन गरी अभिलेख राखी सोको संरक्षण गरिने र सार्वजनिक शौचालय निर्माण लगायतका अत्यावश्यक भौतिक संरचना निर्माणका लागि तत्काल रु २५ लाख बजेट विनियोजन भएको छ । साथै अत्यावश्यक संरचना निर्माणका लागि विभिन्न सङघसंस्थासँग साझेदारीका लागि प्रस्ताव आह्वान गरिनेछ ।

यही कात्तिक २५ गतेदेखि मानहुँकोट जाने पर्यटकलाई अनिवार्य रुपमा नाम दर्ता गरी स्वास्थ्य, सुरक्षा सम्बन्धी मापदण्डको पूर्ण रुपमा पालना गराइने भएको छ । मानहुँ क्षेत्रको दृश्यावलोकनका लागि सामान्यतया दैनिक रुपमा तीन सय पर्यटकलाई मात्र प्रवेश अनुमति प्रदान गर्ने निर्णय बैठकले गरेको छ ।

बैठकले रोटरी क्लवबाट प्राप्त पिसीआर उपकरणको सञ्चालनका लागि दातृ निकायसँग समन्वय गरी आवश्यक व्यवस्थ मिलाउने, वडागत सीमा हेरफेर अध्ययन समितिलाई आगामी बैठकमा प्रतिवेदन पेश गर्न निर्देशन दिने, किसानहरुको माग बमोजिम आलुको बीउ व्यवस्थापन गर्न सम्बन्धित शाखा र वडालाई जिम्मा दिने निर्णय समेत गरेको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker