पृथ्वीराजमार्गको गाछेपानी-कोत्रे खण्डमा धुलो र हिलो

राजकुमार आले/दुलेगौंडा

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको शुक्लागण्डकी स्थित गाछेपानी-कोत्रे सडक खण्डमा यात्रु तथा स्थानीयवासीहरुले अनेक समस्या झेल्नु परेको छ । हिउँद होस् या बर्खा संधै सास्ती हुने गरेको स्थानीय बताउँछन् । बर्खामा पानी जाने ठाउँ नभएर सडक नै खोला हुँदै पोखरी बन्छ । हिलो भएर यात्रा गर्न निकै कठिन र जोखिम हुन्छ । अहिले पानी पर्न कम हुँदै गएपछि धुलो उडेर हिडिनसक्नु छ । केही बर्ष यतादेखि बाह्रै महिना यो सडकको नियती यस्तै छ । यो अवस्था सुधारका लागि गम्भिर रुपमा कहिँकतैबाट पनि प्रयास भएको देखिदैन ।

धुलोले आजित भएका स्थानीयहरु शुक्रबार कोत्रे बजारमा जम्मा भई यातायात सेवा अवरुद्ध पारेका थिए । तत्कालै प्रहरीले बल प्रयोग गरी यातायात संचालन गराएको थियो । सो क्रममा स्थानीय महिला गोमा थापा आक्रोशित हुँदै सडक छिटो स्तरोन्नती हुनर्ुपर्ने आफुहरुको माग सुनुवाई नभए सडकमै सुत्ने चेतावनी दिइन् ।

धुलोले जनतालाई पारेको प्रभाव र दुःख सरकारले बुझ्नै नसकेको उनको गुनासो छ । उनले भनिन्, ‘नेताहरु सबै आफ्नै स्वार्थमा लिप्त भए । जनताको पीरमर्काबारे उनीहरुलाई कुनै मतलबै छैन । अबको चुनावमा कुन मुख लिएर भोट माग्न आउँछन् हेरौला । घरको भान्छा कोठा, सुत्ने ओछ्यान सबै धुलोले सेतै हुने र दिनमा कम्तिमा ८/१० पटक घर सफा गरिरहनु पर्ने स्थानीयको गुनासो छ ।

स्थानीय युवा संजोग घलेले यहाँका स्थानीयले दैनिक ३०० ग्राम धुलो खादै आएको बताए । ‘बाहिर गएपनि धुलो छ, घरभित्र बसेपनि धुलो नै छ’, उनले भने ‘हामीले दैनिक ३०० ग्राम धुलो खान्छौं जस्तो लाग्छ । दिनमा ३/४ वटा मास्क फेरेर लगाउनु पर्ने अवस्था छ । यो बाटोको लागि धेरै आवाज उठायौँ तर सम्बन्धित निकायले वास्तै गरेन ।’

दुलेगौँडादेखि कोत्रेसम्मको यात्रा गर्ने हो भने धुलोले मान्छे चिन्न सकिदैन । चक्काजामको नेतृत्व गरेका शुक्लागण्डकी नागरिक समाजका अध्यक्ष खेमराज खनालले लामो समयदेखि सडकको यो दुरावस्था हुँदा पनि सम्बन्धित निकाय मुकदर्शक मात्र बनेको आरोप लगाए । निदाएर बसेको निकायलाई झकझक्याउन साँकेतिक रुपमा सडक जाम गर्नुपरेको उनले बताए ।

यता सडक डिभिजन कार्यालय तनहुँकी प्रमुख लक्ष्मी केसीले अब बन्ने चार लेनको नयाँ परियोजनाको ठेक्का लिने चाइनिज कम्पनीलाई आफुहरुले हस्तान्तरण गरिसकेकाले केही गर्न नसक्ने बताइन् । उनले आफुहरुको हातमा केही नभएको उल्लेख गरिन् । उनले भनिन् ‘मैले त समन्वय गरी राखेको छु, धुवाधुलो छ, जनताको चर्को आवाज छ, यसलाई छिटो सम्बोधन गर्नु पर्‍यो भनेर प्रोजेक्टलाई चिठीपत्र पठाइरहेको छु । बाँकी अगाडी बढ्ने काम कम्पनीको हो ।’

मुग्लिङ-पोखरा सडक परियोजनाका पुर्वीय खण्डको परियोजना व्यवस्थापक प्रेम प्रकाश खत्रीले भर्खरै सम्भौता भएर तीन जना चाइनिजहरु आइपुगेको र निर्माण सामाग्री तथा मेशिन ल्याउन बाँकी रहेकाले काम शुरु नभएको बताए । उनले कामदार ल्याउनका लागि भिषा प्रक्रिया भइरहेकाले काम शुरु हुन अझै दुइ तीन महिना लाग्न सक्ने जानकारी दिए ।

खाल्डाखुल्टी परेको सडकलाई भने छिट्टै मर्मत गर्ने प्रयासमा रहेको बताउँदै उनले भने अहिले तीन जना मात्र कामदार भएकाले गाह्रो भएको छ । साह्रै अप्ठ्यारो ठाउँमा सडक डिभिजन कार्यालयसंगै समन्वय गरेर तत्काललाई राहत पुग्नेे मर्मत कार्य अगाडी बढाउने योजनामा रहेको उनले सुनाए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker