रोट्रयाक्ट क्लब अफ दमौलीद्वारा कल्याणकारी कोषमा आर्थिक सहयोग
भञ्ज्याङ समाचारदाता/दमौली

सामाजिक क्षेत्र सक्रिय अन्तर्राष्ट्रिय क्लब रोट्रयाक्ट क्लब अफ दमौलीले नेपाल पत्रकार महासंघ तनहुँ शाखाले खडा गरेको कल्याणकारी कोषलाई आर्थिक सहयोग गरेको छ । बुधबार क्लबले आफ्नो १८औं स्थापना दिवसको अवसरमा तनहुँ शाखालाई रु ५ हजार १० सहयोग गरेको क्लबका अध्यक्ष राजकुमार श्रेष्ठले जानकारी दिए ।
महासंघ तनहुँ शाखाका अध्यक्ष उज्ज्वल पौडेललाई क्लबका अध्यक्ष श्रेष्ठले एक कार्यक्रम बीच उक्त सहयोग रकम हस्तान्तरण गरेका हुन । क्लबले गर्ने हरेक गतिविधि समाजमा समाचार मार्फत प्रचारप्रसार गर्न सहयोग गर्ने पत्रकारहरु हितमा सहयोग गर्न पाउदा अत्यन्तै खुशी लागेको क्लबका अध्यक्ष श्रेष्ठले बताए । पत्रकार महासंघ तनहुँ शाखाको कोषमा सामाजिक संस्थाबाट पनि सहयोग प्राप्त हुँदा धन्यवाद ज्ञापन गरे । कोषमा रकम उठ्ने क्रम जारी रहेको तनहुँ शाखाले जनाएको छ ।










