तनहुँ जलविद्युत आयोजनाको ढिलाइप्रति सासंद सिग्देलको चासो

भञ्ज्याङ न्यूज

तनहुँ जलविद्युत आयोजनाको काममा भएको ढिलाइप्रति प्रतिनिधी सभा सदस्य केदार सिग्देलले चासो व्यक्त गरेका छन। १४० मेघावाट विद्युत उत्पादन गर्ने लक्ष्य सहित निर्माण कार्य अगाडि बढाइएको विद्युत आयोजना समयमै सम्पन्न हुन नसक्ने भएपछि सासंद सिग्देलले जलविद्युत आयोजनाका कार्यलयमा पुगि आयोजनाका प्रमुख अच्युतवावु घिमिरेसँग कामको प्रगति विवरण प्रति चासो लिएका हुन ।

एशियाली विकास वैकको १५० मिलियन युएस डलर, जापाना अन्तर्राष्ट्रिय सहयोग (जाईका)को १८४ मिलियन युएस डलर र युरोपियन लगानी वैकको ८५ युएस डलर, नेपाल सरकारको ८६ मिलियन युएस डलर गरी कुल ५०५ मिलियन युएस डलर (पाली करिव ५० अरव रुपैया) को लागतमा निर्माण सम्पन्न हुने आयोजना समयमा नै सम्पन्न नहुने भएपछि त्यसमा भएको ढिलाई प्रति आयोजना प्रमुख लगायत सम्वन्धित विज्ञहरुसंग जानकारी लिएको छ ।

जग्गा अधिग्रहण योजना प्रति डयाम र विद्युत उत्पादनका लागि १५० रोपनी जग्गा, वाँध स्थलका लागि ५० रोपनी जग्गा र जलायशय क्षेत्रका लागि १२३० रोपनी जग्गा अधिग्रहण गरेर काम गरेको यो योजना भने सम्पन्न भएको आयोजना प्रमुख घिमिरेले जानकारी दिए ।

पुर्वाधार संरचना अन्तर्गत क्याम्प निर्माण, विद्युत सवस्टेशन, पहुँच मार्ग निर्माण र सेती नदीमा पुल निर्माण कार्य सतप्रतिशत सम्पन्न भएको पनि बताइएको छ ।
पटक पटक ठेक्का हुने तर काम नहुने भएपछि पछिल्लो पटक सोङ्ग-दा र कालिका जेभि भियतनामसँग २२ मार्च २०२१ मा सम्झौता भएर ३० अगष्ट २०२१ बाट काम शुरु गर्ने भनिएतापनि कोभिड र अन्य प्राविधिक कारणबाट काम शुरु नभएको आयोजना प्रमुखले जनाएका छन ।

वर्गिकरण गरेर आयोजनाको काम गरिएको भएतापनि जग्गा अधिग्रहण, पुर्वाधार निर्माण मात्र सम्पन्न भएको र अन्य मुख्य आयोजना भने शुरु भएको छैन । ठेकेदार कम्पनिले समयमा काम नगरिदिदा आयोजनाले सोचे अनुरुप गतिलिन नसकेको घिमिरेले बताए । सन् २०२५ को डिसेम्वरसम्म काम सम्पन्न गर्ने लक्ष्य सहित पुनःसम्झौता गरिएको छ ।

आयोजनाको मुख्य काम शुरु नभएकाले यसले जनतामा र सरकारमा समेत नराम्रो सन्देश गएको प्रतिनिधीसभा सदस्य केदार सिग्देलले बताए । राष्ट्रिय गौरवको आयोजनामा ढिलाइ हुँदा यसले सिङ्गो देशमा नै असर गर्दछ । समस्याको नीतिगत समाधानमा आफुले जनप्रतिनिधीको हैसियमा भुमिका खेल्ने पनि उनले वताएका छन ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker