तनहुँको आँबुखैरेनीमा जिप दुर्घटना : एकको मृत्यु, सात जना घाइते

भञ्ज्याङन्यूज

तनहुँको आँबुखैरेनी गाउँपालिका-२ नारीघाटमा बोलेरो जिप दुर्घटना हुँदा एकको मृत्यु भएको छ । उक्त दुर्घटनामा सात घाइते भएका छन् ।

पृथ्वीराजमार्ग अन्तर्गत डुम्रेबाट आँबुखैरेनी तर्फ जाँदै गरेको बा१६च ४९१८ नम्बरको बोलेरो अनियन्त्रित भई शनिवार साँझ ८ः१० बजे सडकको छेउमा पल्टिएको थियोे ।

उक्त दुर्घटनामा परि घाइते भएका चितवनको ईच्छाकामना गाउँपालिका वडा नं ६ बस्ने वर्ष २२ को सागर गुरुङको उपचारको क्रममा भरतपुर अस्पताल चितवनमा मृत्यु भएको तनहुँ प्रहरीले जानकारी गराएको छ ।

दुर्घटनामा घाइते भएका गुरुङको स्थानीय अस्पतालमा प्राथमिक उपचार गरी थप उपचारको लागी पुरानो मेडिकल कलेज भरतपुर चितवन पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँडले बताए ।

दुर्घटनामा परि घाइते हुनेहरूमा ईच्छाकामना गाउँपालिका–५ बस्नेहरू २२ वर्षको डम्बर बहादुर गुरुङ, वर्ष २४ को कमल गुरुङ, वर्ष ४६ को रुद्रबहादुर चेपाङ, वर्ष १८ को जित गुरुङ गुरुङ रहेका छन् ।

यस्तै अन्य घाइतेहरूमा ईच्छाकामना गाउँपालिका–६ बस्ने वर्ष १९ को रूपक गुरुङ, भरतपुर महानगरपालिका–२९ बस्ने वर्ष ३४ को टेस्ट बहादुर गुरुङ र गोरखाको सहिद लखन गाउँपालिका–३ बस्ने वर्ष ३० को पूर्ण गुरुङ छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker