बाढीपहिरो पीडितलाई तत्काल अत्यावश्यक सामाग्रि उपलब्ध गराउन जिसस तनहुँको माग

भञ्ज्याङ न्यूज

मनसुनी वर्षा शुरुभए यता बाढीपहिरोले तनहुँमा जनधनको क्षति पुर्‍याएको छ । पहिरोले पुरिएर जिल्लामा २ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । बाढीपहिरोले ठूलोमात्रमा भौतिक तथा कृषि बालिमा क्षति पुर्‍याएको छ ।

जिल्ला समन्वय समिति तनहुँले आइतबार प्रदेश सांसद तथा स्थानीय पालिका प्रमुखहरु बीच समन्वयत्मक बैठक गरी बाढीपहिरो पीडितलाई तत्काल आवश्यक सामाग्रि उपलब्ध गराउन माग गरेको छ ।

जिल्लाका विभिन्न क्षेत्रमा बाढी पहिरोले भौतिक तथा मानवीय क्षति पुर्‍याएको हुँदा तत्काल राहत स्वरुप ग्याविन जाली, कम्मल, त्रीपाल तथा अन्य राहत सामग्री उपलब्ध गराउन गण्डकी प्रदेश सरकारलाई अनुरोध गर्ने बैठकले निर्णय गरेको जिल्ला समन्वय समिति तनहुँका प्रवक्ता गल गुरुङले बताए ।

अविरल वर्षाबाट तनहुँको विभिन्न ठाउँमा गएको पहिरोबाट सडक अवरुद्ध हुन गएकोले समयमै पहिरो हटाइ यातायात आवागमनलाई सहजता पुर्‍याउनका लागि सडक डिभिजन कार्यलय तनहुँलाई जिम्मेवारी तोक्ने निर्णय बैठकले गरेको छ ।

जिल्ला समन्वय प्रमुख शान्तिरमण वाग्लेको अध्यक्षतामा बसेको बैठकले बाढीपहिरोले पुर्‍याएको क्षतिको समिक्षा गरिएको थियो । अविरल वर्षाका कारण ब्यास नगरपालिकाको वडा नं. १, १३, १४ जोड्ने छब्दी खोलामा रहेको पक्की पुल पूर्णरुपमा क्षति भएकाले आवागमन तत्काल संचालन गर्न आवश्यक पर्ने अस्थायी संरचना निर्माणका लागि बजेट तथा प्राविधिक जनशक्ति ब्यास नगरपालिकाले उपलब्ध गराउने र जनश्रमदान तथा सहयोगको लागि नेपाली सेना काली भञ्ज्याङ गण चापाघाट तनहुँलाई अनुरोध गर्ने बैठकले निर्णय गरेको प्रवक्त गुरुङले जानकारी गराए ।

यस्तै, छाब्दी खोला माथी पुल वा वैकल्पिक व्यवस्था गरी तत्काल यातायात संचालन गरी जनजीवन सामान्य बनाउन बेलिब्रीज निर्माणको लागि आवश्यक पर्ने बजेट ब्यबस्थापन गर्न गण्डकी प्रदेश सरकारसंग अनुरोध गर्ने निर्णय गरिएको छ ।

सो स्थानमा बेलिब्रीज संरचना निर्माणका लागि यथा शीघ्र कार्य बढाउन समेत अनुरोध गरिएको छ । ब्यास-१, १३ र १४ जोड्ने छाब्दी खोलाको पक्की पुल क्षतिग्रस्त हुँदा त्यस क्षेत्रको आवागमन अवरुद्ध भएकाले तत्काल आकस्मिक रूपमा सेवा संचालन गर्नुपर्ने भएकोले तनहुँको भानु नगरपालिका-२ तुरतुरेमा रहेको बेलिब्रीज यथाशीघ्र आषाढ मसान्तसम्म उपलब्ध गराउन पुल आयोजना पाल्पालाई अनुरोध गर्ने बैठकले निर्णय गरेको छ ।

उक्त बैठकमा गण्डकी प्रदेश सभाका सदस्य डोवाटे बिश्वकर्मा, ब्यास नगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्यौपाने, प्रमुख जिल्ला अधिकारी सागर आचार्य, ब्यास नगरपालिका वडा नं. १, १३ र १४ का वडा अध्यक्ष, विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा सरोकारवाला निकायका प्रमुख एवं प्रतिनिधिहरुको सहभागिता रहेको बताइएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker