हार्दैमा जीवन सकिदैन : व्यासकी उपप्रमुख उम्मेदवार घर्ती
भञ्ज्याङ समाचारदाता/दमौली
तनहुँको व्यास नगरपालिकामा नेकपा एमालेबाट उपप्रमुखका उम्मेदवार बसुन्धरा र्घर्तीले हार्दैमा जीवन नसकिने बताएकी छन् । नगरपालिकाको मतपरिणाम र्सार्वजनिक भएपछि र्घर्तीले आफूलाई मतदान गर्ने सबैलाई आभार व्यक्त गर्दै एकपटक हार्दैमा अगाडिको यात्रा नरोकिने बताएकी हुन् ।
उनले नगरपालिकामा केही परिवर्तन गर्नुपर्छ भन्ने उद्देश्यले धेरै आशा अपेक्षा र विश्वासका साथ प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने सिंगो पार्टी पंक्ति नेता कार्यकर्ता आफ्न आफन्त र आफ्नो अमुल्य मतदान दिनुहुने सम्पूर्ण मतादाता आदरणीय न्यायप्रेमी नगरबासी आमाबुबा दाजुभाइ दिदीबहिनीहरुमा हार्दिक आभार प्रकट गर्दै स-प्रणाम एवं हार्दिक धन्यवाद दिएकी छन् ।
यस्तै, उनले यो निर्वाचनले अझ धेरै नगरवासीको मन जित्न बाँकी छ भन्ने पाठ सिकाएको उल्लेख गर्दै सम्मानजनक मतदानले अझै अगाडि बढ्ने प्रेरणा प्राप्त भएको बताएकी छन् । स्थानीय तह निर्वाचन अन्तर्गत व्यास नगरपालिकाको उपप्रमुख पदमा कांग्रेसका इन्दिरा दरैसंग पराजित भएकी घर्तीले १० हजार ४२ मत प्राप्त गरेकी छन भने दरैले १३ हजार ४९८ मत प्राप्त गरी निर्वाचित भएकी छन् ।










