भानु-१३ स्थित टुटेपानी सामुदायिक होमस्टे माघ १५ गतेबाट खुल्ने

भञ्ज्याङ समाचारदाता (दमौली)

गण्डकी प्रदेशकै नमुना होमस्टेका रुपमा परिचित तनहुँको भानु नगरपालिका-१३ मिर्लुङ ठूलोढूंगा स्थित टुटेपानी सामुदायिक होमस्ट यही माघ १५ गतेबाट खुल्ला हुने भएको छ । कोरोना भाइरस संक्रमण रोकथाम तथा न्यूनिकरणका लागि भन्दै सरकारले गत चैत्र ११ गते गरेको लक्डाउनका कारण बन्द भएको यो होमस्टे उच्च स्वास्थ्य सावधानी अपनाएर पाहुनाका लागि खुल्ला गर्ने तयारी गरिएको हो । लकडाउन भएसंगै बन्द भएको होमस्टे स्वास्थ्य सावधानी र सरसफाईले विशेष ख्याल गर्दै माघ १५ गतेबाट पाहुनालाई स्वागत गर्ने तयारी भएको होमस्टे सञ्चालक समितिका अध्यक्ष क्या. होमबहादुर गुरुङले बताएका छन् ।

गुरुङ समुदायको परम्परागत कला, संस्कृति, स्थानीय स्तरमै उत्पादन भएका खानाका परिकारका साथै प्राकृतिक, साँस्कृतिक, ऐतिहासिक तथा धार्मिक क्षेत्रले भरिपूर्ण यो होमस्टे कोरोना कहरको चपेटामा पर्दा ठूलोमात्रमा आर्थिक क्षति व्यहोर्न पुगेको छ । गाउँमा होमस्टे सञ्चालन पश्चात वैदेशिक रोजगारीमा गएका युवाहरु समेत गाउँ फर्किएर होमस्टे व्यवस्थापनमा खटिएका थिए । पाहुनाका लागि आवश्यक पर्ने पूर्वाधार निर्माणमा समेत ठूलो लगानि गरिएको छ । यस्तै, होमस्टेमा आउने पाहुनालाई खुवाउनका लागि उत्पादन गरिएका कृषि उपज बजारीकरण हुन नसक्दा खेरा गएको अध्यक्ष गुरुङले बताए ।

‘कुखुरा पालन, खसीबोका, साग, गुन्द्रुक, भट्टामास लगायतका कृषि उपजहरुले उचित बजार नपाउँदा हामीले ठूलो क्षति व्यहोर्नुपर्‍यो’ अध्यक्ष गुरुङले भने, ‘गाउँको १६ घरमा एक रातमा करिब ६० जनासम्म पाहुनालाई राख्ने गरी होमस्टे चलाएका छौ । युवाहरु पनि अहिले गाउँमै होमस्टे सञ्चालनमा केन्द्रित भएका थिए । तर, लामो समयको लकडाउन र भाइरस संक्रमण त्रासले गर्दा हाम्रो यो व्यवसाय नै थला पर्दा ठूलो मात्रमा आर्थिक क्षति समेत व्यहोर्नुपरेको छ ।’
होमस्टे सञ्चालक समितिले संक्रमण जोखिम कायमै रहेपनि पछिल्लो समय सबै क्षेत्र खुला हुँदै गएको र संक्रमण त्रास पनि कम हुँदै गएकाले आवश्यक स्वास्थ्य सावधानी अपनाएर अब होमस्टे पाहुनाका लागि खुल्ला गर्ने तयारी गरेको अध्यक्ष गुरुङले बताए ।

होमस्टेमा जाने पाहुनाले अनिवार्य रुपमा मास्कको प्रयोग गर्नुपर्ने, पाहुनाहरु होमस्टेबाट विदा भएर गएपछि उहाँहरुले प्रयोग गरेको बेडरुमहरु सरसफाईमा विशेष ख्याल गर्ने, भिडभाड नगर्ने जस्ता मापदण्ड बनाएर होमस्टे खुल्ला गर्न लागिएको अध्यक्ष गुरुङले बताए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker