भानु नगरपालिकालाई एमाले नेता ढकालको ध्यानाकर्षण

भञ्ज्याङ समाचारदाता/भानु

आगामि आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट गत असार १० गते अगावै सार्वजनिक गर्नुपर्नेमा अहिलेसम्म त्यो कार्य हुन नसकेको भन्दै ध्यानाकर्षण गराइएको छ । नेकपा एमाले केन्द्रीय लेखा आयोगका सचिवालय सदस्य विद्या ढकालले सोमबार अपिल जारी गर्दै नगर सभा हालसम्म पनि नहुनु दुःखद भएको र अबिलम्ब नगर सभा सम्पन्न गर्न ध्यानाकर्षण गराएका छन् । मनुसुनी वर्षा शुरुभएसंगै भिषण बाढीपहिरोका कारण नगरपालिकाका सबै जसो क्षेत्र नराम्रोसंग प्रभावित भएको हुँदा क्षतिग्रस्त घरहरुको पुनःनिर्माण, पीडितलाई राहत र जोखिममा रहेका घरबस्तीहरुको संरक्षणमा विशेष ध्यान दिन ढकालले ध्यानाकर्षण गराएका छन् ।

‘अहिले धान रोपाईको समय भएको र सबै जसो बाँध, कुलाहरु बाढीपहिरोले क्षतिग्रस्त भएका छन् । तत्काल बाँध, कुलाहरुको निर्माण र मर्मत नहुने हो भने हाम्रो मुख्य उत्पादन धान खेती नराम्ररी प्रभावित हुनेछ, हामी गम्भीर भोकमरीको चपेटामा पर्नेछौं । यर्सथ यो विषयमा तदारुकताका साथ ध्यान दिइयोस्’, ढकालद्वारा जारी अपिलमा भनिएको छ । यस्तै, बाढीपहिरोका कारण सबैजसो सडकहरु क्षतिग्रस्त हुँदा यातायात अवरुद्ध भएको र अवरुद्ध सडकहरु संचालनमा नगरपालिकाले विशेष ध्यान दिनुपर्नेमा सो हुन नसकेको उनको गुनासो छ ।

जनताको पहलमा विगतका नगरसभाहरुबाट नीतिगत रुपमा सुशासन, आर्थिक पारदर्शिता, समृद्ध भानु नगरपालिका निर्माण लगायत अन्य धेरै विषयहरुमा महत्वपूर्ण निर्णयहरु भएको स्मरण गराउँदै ढकालले तर ती निर्णयहरुको कार्यान्वयनमा नगरपालिकाको ध्यान नपुगेको बताएका छन् । उनले जनतालाई अनुभूत हुने गरी सुशासनको प्रत्याभूति दिलाउनले गरी काम अगाडि बढाउन नगरपालिकालाई आग्रह गरेका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker