तनहुँमा निषेधाज्ञा खुकुलो : राजमार्गमा सार्वजानिक सवारी चल्ने (के के गर्न पाइने/नपाईने आदेश सहित)

भञ्ज्याङ न्यूज

कोरोना भाइरस संक्रमण रोकथाम तथा न्यूनिकरणका लागि भन्दै गत वैशाख २३ गतेबाट जारी गरिएको निषेधाज्ञालाई केही खुकुलो बनाउँदै असार ३१ गतेसम्मका लागि लम्ब्याइएको छ ।

प्रमुख जिल्ला अधिकारी सागर आचार्यको अध्यक्षतामा बुधबार विहान बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले कोभिड-१९ को जोखिम अझै कम नभएको र समुदाय स्तरमा व्यापक फैलन सक्ने अवस्थालाई ध्यानमा राख्दै निषेधाज्ञाको आदेशलाई निरन्तरता दिन सिफारिस गरेको थियो ।

कोभिड-१९ को जोखिमबाट सुरक्षित रहन भन्दै पटक पटक थप गर्दै असार २४ गतेसम्मको लागि लम्ब्याईएको निषेधाज्ञालाई केही खुकुलो बनाउँदै असार ३१ गते राती १२:०० बजेसम्म कायम रहने गरी जिल्ला प्रशासन कार्यालय निषेधाज्ञा लम्ब्याएको हो ।

निषेधाज्ञा थप भएपनि यस अघिको भन्दा केही खुकुलो बनाईएको छ । प्रमुख जिल्ला अधिकारी सागर आचार्यले निषेधाज्ञाको आदेश जारी गर्दै अब पृथ्वीराजमार्गमा जोर बिजोर नम्बर अनुसार सार्वजानिक सवारी साधन सञ्चालन गर्न पाईने बताएका छन् ।

प्रशासनद्वारा जारी आदेशमा विहान ६ देखि साँझ ६ बजेसम्म पृथ्वीराजमार्गको कोत्रेदेखि मुग्लिङ सडक खण्डमा सिट संख्या भन्दा धेरै यात्रु राख्न नपाईने गरी जोर बिजोर अनुसार सवारी सन्चालन गर्न पाईने व्यवस्था गरिएको छ ।

पछिल्ला केही दिन यातयात व्यवसायीहरुले सार्वजानिक यातयात सञ्चालन गर्न पाउनु पर्ने माग गर्दै आएका थिए । डिसिसिएमसीको बैठकले राजमार्गमा भएपनि सार्वजानिक सवारी साधन सञ्चालन गर्न पाउने निर्णय गरेर व्यवसायीलाई थोरै भएपनि राहत पुग्ने व्यवसायीहरुले बताएका छन् । सार्वजानिक सवारी सञ्चालन गर्दा चालक दल र सबै यात्रुले अनिवार्य मास्क र सेनिटाइजर प्रयोग गर्नुपर्ने र स्वास्थ्य सुरक्षा मापदण्ड पालना नगरेमा कारवाही गरिने प्रशासनले जनाएको छ ।

यस्तै होटल तथा रेष्टुरेन्टलाई तयारी खाना तथा खाजा प्याकिङ गरी बिक्री गर्न मात्र सुविधा दिईएको छ । बैंक तथा वित्तीय संस्थाहरु न्युनतम् कर्मचारीको उपस्थिती गर्राई स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गरेर सञ्चालन गर्न पाईने भएको छ ।

फलफुल, खाद्यान्न, तरकारी, दुध र दुग्धजन्य पदार्थ, माछा, मासु, अण्डा, दाना पशुपन्छीको औषधी बिक्री गर्ने पसल विहान ५ देखि ११ बजेसम्म सञ्चालन गर्न पाईने भएको छ भने अत्यावश्यक बाहेका अन्य सबै प्रकारका व्यवसाय विहान ९ देखि ३ बजेसम्म सञ्चालन गर्न अनुमति दिइएको छ ।

नीजि सवारी साधनहरु यस अघि नै जोर/बिजोर रुपमा सञ्चालन गर्न दिइएको थियो । सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, दोहोरी घर, हेल्थ क्लव, व्युटी पार्लर, सैलुन, सभा, आमसभा, जुलुस, हाटबजार, रंगशालामा हुने दर्शक सहितको खेलकुद तथा भौतिक रुपमा हुने तालिम, प्रशिक्षण र सेमिनार पनि निषेधाज्ञाको समयमा सन्चालन गर्न नपाईने भएको छ ।

यसैगरि स्वास्थ्य सुरक्षाको मापदण्ड पालना नगरी आउने ग्राहकलाई व्यापार नगर्न र व्यवसायीले समेत स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्नुपर्ने व्यवस्था गरिएको छ । मास्क नलगाई आउने व्यवसायीलाई सेवा वा बस्तुको विक्री गरेमा त्यस्तो व्यवसायीलाई कारवाही गरिने सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले बताए ।

निषेधाज्ञा आदेशको उल्लंघन गरेमा कोभिड-१९ संकट व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश २०७८ को दफा ४ तथा स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ बमोजिम कारवाही गरिने सहायक प्रमुख जिल्ला अधिकारी बरालले बताए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker