तनहुँका महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन भत्ता

भञ्ज्याङ समाचारदाता/दमौली

स्वास्थ्य कार्यालय तनहुँले जिल्लाका दशवटै पालिकाका महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन भत्ता वितरण सुरुआत गरेको छ । गण्डकी प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भत्ता उपलब्ध थियो ।

चार नगरपालिका र छ गाउँपालिकाका ४५४ महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन भत्ता वितरणका लागि रु २७ लाख २४ हजार रकम प्राप्त भएको स्वास्थ्य कार्यालयका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार महिला स्वास्थ्य स्वयंसेविकालाई रु छ हजारका दरले प्रोत्साहन भत्ता वितरण गरिनेछ ।

“महिला स्वास्थ्य स्वयंसेविकाले गर्दै आएको कामलाई प्रोत्साहन दिन प्रदेश सरकारमार्फत प्रोत्साहन भत्ता उपलब्ध भएको छ, सबै पालिकामा पुगेर भत्ता वितरण गर्र्छौं”, उहाँले भन्नुभयो । कार्यालयले शुक्लागण्डकीका ५५ महिला स्वास्थ्य स्वयंसेविकालाई रु छ हजारका दरले रु तीन लाख ३० हजार वितरण गरिसकेको छ ।

कार्यालयका अनुसार बन्दीपुरका २४, देवघाटका ३३, घिरिङका २७, ऋषिङका ४६, आँबुखैरेनीका २७ र म्याग्दे गाउँपालिकाका २६ सहित भानुका ७२, व्यासका ९७ र भिमाद नगरपालिकाका ४७ स्वयंसेविकालाई प्रोत्साहन भत्ता उपलब्ध गराइनेछ ।

उनीहरूले गाउँ-गाउँ, टोल-टोल पुगेर स्वास्थ्यसम्बन्धी सचेतना फैलाउने, बालबालिकालाई खोप लगाउने काम गर्दै आएका छन् । शुक्लागण्डकी नगरपालिकास्थित महिला स्वास्थ्य स्वयंसेविका सञ्जालकी अध्यक्ष लक्ष्मी सिग्देलले काम गरेबापत सरकारले प्रोत्साहन भत्ता उपलब्ध गराउँदा हौसला बढेको बताउनुभयो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker