बढ्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो ?

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

इण्डियन आयल कर्पोरेशनबाट आज प्राप्त भएको नयाँ मूल्यअनुसार पेट्रोलियम पदार्थको मूल्य बढाइएको नेपाल आयल निगमका प्रवक्ताले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

नयाँ मूल्य आजै राति १२ बजेदेखि लागू हुनेछ । नयाँ मूल्यअनुसार अब पेट्रोलको पहिलो वर्गको प्रतिलिटर १७९.५०, दोस्रो वर्गको १८१ र तेस्रो वर्गको १८२ रुपैयाँ पुगेको छ ।

त्यसैगरी डिजेल/मट्टितेलको प्रतिलिटर पहिलो वर्गको १६७.५०, दोस्रो वर्गको १६९ र तेस्रो वर्गको १७० रुपैयाँ पुगेको निगमले जनाएको छ ।

त्यस्तै, एलपी ग्यासको पनि प्रतिसिलिण्डर १, ६६० रुपैयाँबाट बढेर १, ८९५ रुपैयाँ पुगेको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker