दुर्घटनामा दुईको मृत्यु

थाक्रे गाउँपालिका–६ महादेवबेँशीमा ट्रक र मोटरसाइकल एकापसमा ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

मृत्यु हुनेमा नुवाकोट विदुर नगरपालिका–१३ का नारायण शिवभक्ति र उनका १० वर्षीय छोरा आर्यन शिवभक्ति रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख महेन्द्र खड्काले जानकारी दिनुभयो ।

नौबिसेबाट मलेखुतर्फ जाँदै गरेको ना४ख ९४४ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको बा७३प २१७६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा बालकको घटनास्थलमै मृत्यु भएको छ भने नारायणको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनापछि सडकमा लडेर घाइते भएका बालकको ट्रकले पछि हटाएर किच्दा मृत्यु भएको प्रत्यक्षदर्शी रामचन्द्र रुपाखेतीले बताउनुभयो । दुर्घटनामा घाइते एक जनाको उपचारका लागि ट्रमा सेन्टरमा पठाइएको र उहाँको परिचय नखुलेको प्रहरीले जनाएको छ । दुुर्घटनापछि भाग्दै गरेको ट्रकलाई प्रहरीले कोइराले भन्ने स्थानबाट नियन्त्रणमा लिएको छ । रासस

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker