भिमाद नगरपालिकाले भानुमतीमा सेवा केन्द्र स्थापना, हप्ताको दुई सेवा प्रवाह

भिमाद : तनहुँको भिमाद नगरपालिकाले नागरिकलाई सहज रुपमा सेवा प्रवाह गर्ने उद्देश्यले सेवा केन्द्र स्थापना गरेको छ । नगरपालिकाले वडा नम्बर ८ को भानुमतीमा सेवा केन्द्र स्थापना गरेको हो ।
सेवा केन्द्रको शुभारम्भ गर्दै भिमाद नगरपालिकाका प्रमुख दधिराज सुवेदीले नागरिकलाई छिटो छरितो र सहज रुपमा सेवा प्रवाह गर्ने उद्देश्यले सेवा केन्द्र स्थापना गरिएको बताए । उनले भने, ‘साताको दुई दिन बिहीबार र शुक्रबार सेवा केन्द्रबाट नागरिकलाई सेवा उपलब्ध गराउने व्यवस्था मिलाउँछौं ।’
कार्यक्रममा वडा नम्बर ८ का वडा अध्यक्ष अणबहादुर शाहीले सर्वसाधारणलाई सरल र सहज रूपमा सेवा प्रवाह गर्न सेवा केन्द्र स्थापना गरिएको हुँदा अब यस क्षेत्रका बासिन्दाले सहज रुपमा यहीबाट नगरपालिकाको समेत सेवा लिन पाउनुहुनेछ ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker