म्याग्देको सार्वजनिक सुनुवाइ, नागरिकको कतै गुनासा कतै धन्यवाद !

भञ्ज्याङ समाचारदाता (म्याग्दे)

म्याग्दे गाउँपालिकाको आर्थिक वर्ष २०७७/०७८ को दोस्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम सोमबार थर्पुमा सम्पन्न भएको छ । गाउँपालिकाका अध्यक्ष मायादेवी रानाको प्रमुख आतिथ्यतामा सम्पन्न सार्वजनिक सुनुवाइ कार्यक्रममा सेवाग्राहीहरूले विभिन्न गुनासोहरू राखेका थिए ।

गाउ“पालिकामा आयोजित कार्यक्रमहरु तोकिएको समयमा कहिल्यै पनि नहुने गरेको हुँदा समयको ख्याल गर्नेगरी यसको सुरुवात गाउँपालिकाकै आयोजनामा हुने कार्यक्रमबाट गर्न म्याग्दे-७ का चित्र बहादुर शाहीले अनुरोध गरे । उनलेे भने, ‘बिजुलीको नाङ्गो तार जताततै अस्तब्यस्त भएको हुँदा त्यसको ब्यबस्थापन गरि दुर्घटनाबाट बच्न सावधानी अपनाउनुपर्ने आवश्यक रहेको छ ।’

‘हामीलाई आश्वासन होइन ब्यबहारिक रूपमा काम चाहिएको छ’, उनले भने, ‘वडामा टोल गठन चाहिँ गर्ने तर अधिकार नदिने, एउटा कुचो चाहिएपनि टोलमा नहुने, वडामै दौडन पर्ने, यस्तो प्रावधानको सट्टा अधिकार पनि दिएर टोल गठन गराउनुपर्ने आवश्यक रहेको छ ।’

गाउँबाट काम लिएर आएका मानिसले राम्रोसँग दोहोर्दैनन्, त्यस्तो बेलामा गाउँपालिकाले राम्रोसँग कुरा बुझाएर पठाउन पर्ने गाउँबासीले गाउँपालिकासँग अनुरोध राखेका थिए । त्यस्तै विद्युतका पोलहरू कतै ढलेका कतै नपुगेका हुँदा यसतर्फ गाउँपालिकाले समयमै ध्यान पुर्‍याउन स्थानीय डोलबहादुर सुनारले बताए । स्थानीय केशरबहादुर कुमालले बैदेशिक रोजगारका लागि जाने युवाहरूलाई गाउँपालिकाको तर्फबाट केही ब्यबस्था गरेको छ कि छैन ? भनी प्रश्न गरेका थिए ।

यस्तै, गाउँपालिकाले गरेको महिलामैत्री कार्यक्रम, महिलालाई आर्थिक सवलमा पनि अव्वल बनाउने कार्यक्रमबाट निकै खुसी भएको स्थानीय आशादेवि गुरूङले बताइन् । उनले भनिन्, ‘गाउँपालिकाले साच्चिकै सबै क्षेत्रमा राम्रो काम, विकास निर्माण, महिला लक्षित कार्यक्रम गरेको छ ।’ स्थानीय जुक्तराज वाग्ले, मित्रलाल श्रेष्ठ लगायतले विकास निर्माण र विकास गतिविधिका बारेमा चासो राखेका थिए ।

कार्यक्रममा गाउँपालिकाका वडा नम्बर ४ का अध्यक्ष प्रेमबहादुर थापा, वडा नम्बर ६ का अध्यक्ष वसन थापा, वडा नम्बर ७ का अध्यक्ष पदमराज वाग्ले लगायतका उपस्थिति रहेको थियो । राम्रो कामको प्रशंसा र नराम्रो कामको सकारात्मक सुझाव दिने बानिको विकास गर्न आम नागरिकलाई गाउँपालिकाकी अध्यक्ष रानाले आग्रह गरिन् । पक्षपात रहित तरिकाले सबैको साझा सहमतिमा सर्वसम्मत तरिकाले गाउँपालिकाले सबै काम गर्दै आएको उनले बताइन् ।

गाउँपालिका भित्र रहेका ८४ वटा टोललाई के-कस्ता सेवा, सुविधा, अधिकार दिन सकिन्छ भनेर गाउँपालिकाले सोचिरहेको र छिट्टै यसवारेमा निर्णय गरिने उपाध्यक्ष बालकृष्ण घिमिरेले बताए। प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद अधिकारीले १ सय भन्दा बढी बैठक कार्यपालिकाको बसेको र ५० वटा कानुन गाउँपालिकाले तयार पारेको बताए । सार्वजनिक सुनुवाइ कार्यक्रमको संचालन सहजकर्ता स्पिड सोलुसन नेपालका कुमार कञ्चन जिशिले गरेका थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker