जिल्ला अदालत तनहुँद्वारा ४५.२ प्रतिशत मुद्दा फछ्र्यौट

भञ्ज्याङ समाचारदाता/दमौली

जिल्ला अदालत तनहुँले ४५.२ प्रतिशत मुद्दा फछ्र्यौट गरेको छ । आर्थिक वर्ष २०७७/०७८ मा दर्ता हुन आएका मुद्दा मध्ये ४५.२ प्रतिशत मुद्दा फछर्योट भएको अदालतका स्रेस्तेधार मिनबहादुर कुँवरले जानकारी गराएका छन् । गत साउन १ गतेदेखि असार ३१ गतेसम्म पटकपटक गरी करिव ६ महिना कोरोना भइरसको कारण जरी निषेधाज्ञाले कारण अदालतको नियमित सेवा सञ्चालन हुन नसक्दा मुद्दा फछ्र्यौटमा कमि आएको बताइएको छ ।

यस्तै, यस आर्थिक वर्षमा दुइ जना न्यायाधीश फेरबदल भएका कारण पनि मुद्दा फछ्र्यौटमा केही कमी भएको अदालतले जनाएको छ । यो वर्ष नयाँ दर्ता र पुरानासमेत गरी तनहुँ जिल्ला अदालतमा १ हजार ७५० थान मुद्दाको लगत कायम रहेकोमा त्यसमध्ये ७९१ थान मुद्दा फछर्यौट भई ९५९ थान मुद्दा निर्णय गर्न बाँकी रहेको बताइएको छ ।

यो वर्ष दर्ता भएका मुद्दामा सबैभन्दा धेरै सम्बन्ध विच्छेदका रहेका छन् । अदालतमा ६७९ थान सम्बन्ध विच्छेदका मुद्दा रहेकोमा त्यसमध्ये ४६३ थान मुद्दा फैसाला भई २१६ थान मुद्दा फैसलाको पर्खाइमा रहेको बताइएको छ । सम्बन्ध विच्छेद मुद्दामा अधिकांश मिलापत्र हुने गरेको बताइउको छ । सम्बन्ध विच्छेद मुद्दा पति वा पत्नी जोसुकैले दिन पाउने भए तापनि पतिले दायर गरेकोमा पत्नीले सम्बन्ध विच्छेद गर्न नचाहेको अवस्थामा कमै मात्र सम्बन्ध विच्छेद हुने गरेको स्रेस्तेदार कुँवरले बताए ।

अदालतमा परेका अन्य मुद्दाहरुको रेकर्ड हेर्दा, जबरजस्ती करणी मुद्दा ५० थान, बालयौन दुरुपयोग ५ थान, कर्तव्य ज्यान १६ थान, घरेलु हिंसा १९ थान, सवारी ज्यान ५८ थान र लागू औषध ६२ थान मुद्दा दर्ता भएको तथ्याङ्क र्सार्वजनिक गरिएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker