वन्यजन्तुले देब्रे खुट्टा खाएको मृत अवस्थामा नवजात शिशु फेला
भञ्ज्याङ न्यूज

तनहुँको व्यास नगरपालिका-९ कवादी खोलाको पुल नजिक मंगलबार दिउँसो एक नवजात शिशु मृत फेला परेको छ । देब्रे खुट्टा र पेटको केही भाग वन्यजन्तुले खाएको अवस्थामा नवजात शिशु मृत अवस्थामा फेला परेको तनहुँ प्रहरीले जनाएको छ ।
स्थानीयबासीले वेवारिसे अज्ञात शिशु मृत अवस्थामा देखेपछि तत्कालै प्रहरीमा खबर गरेका थिए । घट्नास्थल पुगेको प्रहरीले टोलीले स्थलगत र्सजमिन गरेर शव दमौली अस्पतालमा ल्याई राखेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक शिवराज क्षेत्रीले जानकारी दिए ।
वेवारिसे अवस्था शिशु छाडि हिड्ने महिलाको खोजी कार्य भइरहेको उनले बताए । अबैध शिुशु जन्माएर कुनै महिलाले फ्याँकेर हिडेको हुन सक्ने प्रहरीको प्राराम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
शिशु कसले फाल्यो भन्ने पत्ता लाग्न सकेको छैन । घटनाको सुक्ष्म रुपमा अनुसन्धान अगाडि बढाएको तनहुँ प्रहरीले जनाएको छ ।










