कारले मोटरसाइकललाई ठक्कर दिँदा बुबा-छोरीको मृत्यु

रौतहट । रौतहटको चन्द्रनिगाहपुरमा कारले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । आइतबार बिहान रौतहटको चन्द्रपुर नगरपालिका-४ मा कारले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार ६० वर्षीय बलिराम सहनी र ४० वर्षीया उर्मिला देवी सहनीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

चन्द्रनिगाहपुरबाट निजगढ तर्फ जाँदै गरेको ना ३ प ९५१२ नम्बरको मोटरसाइकललाई हेटौंडाबाट चन्द्रनिगाहपुर तर्फ आउँदै गरेको बा ६ चत ३५२६ नम्बरको कारले ठक्कर दिएको थियो ।

मोटरसाइकलमा निजगढ तर्फ जाँदै गरेका गरुडा नगरपालिका ३ मलाही टोलका ६० वर्षीय मोटरसाइकल चालक बलिराम सहनीको घटनास्थलमै मृत्यु भएको र सोही मोटरसाइकलमा सवार रहेकी उनकी छोरी उर्मिला देवी सहनीलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्याालय रौतहटका प्रहरी उपरिक्षक नेत्रमणी गिरीले बताए ।

घटना पश्चात कारका चालक मकवानपुर जिल्ला, हेटौंडा उपमहानगरपालिका १२ का कुमार पोखरेललाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको उपरीक्षक गिरीले बताए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker