गण्डकीमा एक सय ५५ जना सङ्क्रमित थपिए, दुईको मृत्यु

गण्डकी प्रदेशमा एक सय ५५ जना कोरोना सङ्क्रमित थपिएका छन् । प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या छ हजार ९४५ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवम् गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा.विनोदविन्दु शर्माले जानकारी दिनुभयो ।

थप हुनेमा कास्कीका ९८, नवलपरासी(बर्दाघाट सुस्ता पूर्व)का १६, तनहुँका १४, स्याङजाका १२, गोरखाका ११, बाग्लुङका दुई, मुस्ताङ र स्याङ्जाका एक÷एक जना छन् ।

गण्डकीमा कोरोना सङ्क्रमणका कारण थप दुई जनाको मृत्यु भएको छ । गोरखाको बारपाक सुलिकोटका १९ वर्षीय महिलाको मङ्गलबार दिउसो ३ः४५ बजे भरतपुर अस्पताल, चितवनको सघन उपचार कक्षमा उपचारका क्रममा निधन भएको निर्देशनालयले जनाएको छ । त्यस्तै नवलपरासी (ब.सु.पू) गैंडाकोटका ५४ वर्षीय कोरोना सङ्क्रमित पुरुषको मङ्गलबार साँझ ५ः२६ बजे चितवन मेडिकल कलेज, चितवनको सघन उपचार कक्षमा निधन भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोनाको सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ७० पुगेको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker