बन्दिपुरका दुध उत्पादक कृषकलाई अनुदान

भञ्ज्याङ समाचारदाता/बन्दिपुर

तनहुँको बन्दिपुर गाउँपालिकाले कृषकलाई व्यवसायिक बनाउन उत्पादनमा आधारित अनुदान कार्यक्रम अगाडि बढाएको छ । यही कार्यक्रम अन्तरगत गाउँपालिकाले दुग्ध उत्पादक सहकारी संस्थामा आबद्ध रही दूध बिक्री गर्दै आएका कृषकलाई प्रतिलिटर एक रुपैयाँका दरले अनुदान उपलब्ध गरेको छ । दुग्धजन्य पदार्थमा आत्मनिर्भर गराउने उद्देश्यले गाउँपालिकाले किसानलाई प्रतिलिटर दूधमा एक रुपैयाँ अनुदान दिने व्यवस्था गरेको हो ।

गाउँपालिकाले वडा नं. १ स्थित सूर्योदय दुग्ध उत्पादक सहकारी संस्थामा आबद्ध किसानलाई उत्पादनमा आधारित कार्यक्रम अनुरुप अनुदान रकम प्रदान गरेको छ । गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापा, वडाध्यक्ष भानुभक्त पोख्रेल, दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष मानबहादुर खातीको रोहवरमा किसानलाई अनुदान रकम वितरण गरिएको हो । उक्त सहकारीमा आबद्ध ६१ जना किसानलाई प्रतिलिटर एक रुपैयाँका दरले अनुदान दिँदा कूल एक लाख ६२ हजार रुपैयाँ वितरण गरिएको वडाध्यक्ष पोख्रेलले बताए ।

उक्त सहकारीले दैनिक करिब ७०० लिटर दूध उत्पादन गरी बिक्री गर्दै आएको छ । जति उत्पादन गर्‍यो, त्यति फाइदा हुने भएपछि किसान उत्साहित भएर उत्पादन वृद्धिमा लाग्ने गरेको वडाध्यक्ष पोख्रेलले बताए ।

गाउँपालिकाको वडा नं ५ स्थित याम्पाफाँट दुग्ध उत्पादक सहकारी संस्थाले दैनिक चार हजार लिटर दूध उत्पादन गर्दै आएको छ । उक्त सहकारीमा आबद्ध किसानलाई एक रुपैयाँका दरले १०० किसानलाई अनुदान दिँदा नौ लाख ५२ हजार रुपैयाँ वितरण हुने गाउँपालिकाका पशु शाखाका प्रमुख मधुविलास न्यौपानेले बताए ।

‘उक्त सहकारीलाई छिट्टै रकम वितरण गर्ने योजना बनाएका छौँ”, उनले भने ‘दूधमा पाँच हजाररुपैयाँदेखि बढीमा ३६ हजार रुपैयाँसम्म अनुदान पाउने किसान रहेका छन् ।’ गाउँपालिकाले दूध र मासुमा आत्मनिर्भर गराउने उद्देश्यले किसानलाई विशेष प्राथामिकतामा राखेर अनुदानका कार्यक्रम ल्याइएको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले बताए । दुग्ध उत्पादक किसानलाई मात्रै कूल ११ लाख १२ हजार रुपैयाँ अनुदान वितरण गरिने बताइएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker