घट्दै ठेकाठेकीको माग

भञ्ज्याङ समाचारदाता/लमजुङ

लमजुङको दोर्दी गाउँपालिका-८ खिन्चोक बेँसीका ३५ वर्षीय राजेन्द्र विकलाई परम्परागत काठका ठेकी व्यवसायबाट जीविकोपाजृनमा समस्या हुन थालेको छ । विसं २०७२ देखि श्रीकृष्ण हस्तकला उद्योग दर्ता गरेर ठेकी व्यवसाय सुरु गर्नुभएका विकलाई हिजोआज ठेकी बिक्री हुन छाडेपछि समस्या हुन थालेको हो ।
परम्परागत रुपमा गाईभैँसी पाल्ने किसान घट्दै जाँदा र आधुनिक सामग्री प्रयोग गर्न थालेसँगै काठका ठेकीको व्यवसाय कम हुन थालेको भन्दै यो पेसाबाट जीविकोपार्जनमा समस्या हुन थालेको विकले बताउनुभयो । परम्परागत काठका ठेकी बनाउने पेसाबाटै आफ्ना बाबा र ठूलो दाइले परिवार सहज रुपमा चलाए पनि यहीँ पेसा आफूले गर्दा आम्दानी हुन नसकेको उहाँको भनाइ थियो ।
विकले बाबापछि दाजुले चलाएको र दाजुपछि त्यही कारखानामा आफूले काठका ठेकी बनाउँदै आएको बताउनुभयो । कुमालको चक्र जस्तै घुम्ने बिजुलीको मेसिनमा बिहानदेखि साँझसम्म ठेकी बनाउने कारखानामा उहाँ व्यस्त हुनुहुन्छ ।
उहाँले ठेकी बनाउनका लागि जस्तापाताको छानाभित्र लडिरहेका काठका मुढालाई सुम्सुम्याउँदै कहिले यता र कहिले उता पल्टाउनुहुन्छ । कुन काठबाट कस्तो र कुन आकारको बनाउने भन्नेमा आफ्नो दिन बित्ने राजेन्द्रले बताउनुभयो । लामो फलामको छिनो, धारिलो टुप्पो अलिअलि कुप्रिएको त्यही छिनोले काठका मुढा कोटयाएर काठका ठेकी तयार गर्दै बिक्री गरेर आम्दानी हुने उहाँको भनाइ थियो ।
योबाहेक अन्य पेसा नभएकाले काठका सामग्री बिक्री नहुँदा परिवारको गुजारा चलाउनका लागि छिमेकीसँग सरसापट गर्दै आउनुपरेको विकले गुनासो गर्नुभयो । आफू एक्लैले दैनिक दुइ/तीन वटासम्म ठेकी तयार गरे पनि ठेकीको माग नहुँदा, बजार अभावलगायत कारणले आम्दानी घटेको भन्दै पेसा नै छाड्ने अवस्था आउन लागेको उहाँले बताउनुभयो ।
विकले यसअघि विभिन्न देशमा काम गरेर स्वदेश फर्किनुभएको थियो। तीन/चार पटक विभिन्न देशमा पुगे पनि राम्रो आम्दानी प्रशस्त नभएपछि स्वदेश फर्किएको विकले बताउनुभयो। “सन् २००५ मा कतारमा दुइ वर्ष काम गरेँ । महिनाको रु सात/आठ हजार मात्र कमाइ हुन्थ्यो । यहाँ गर्दै आएको काम छाडेर सन् २००९ मा साउदी गएँ र सन् २०१३ मा फर्किएँ”, उहाँले भन्नुभयो । विकले विदेशमा मासिक रु २२ हजारसम्म कमाइ हुने गरेको बताउनुभयो । “न विदेशमा राम्रो कमाइ भयो, नत स्वदेशमा नै । आफूसहित परिवारमा श्रीमती र तीन छोरा गरी पाँचको परिवारको जीविकोपार्जनमा समस्या हुन थालेको छ”, उहाँले भन्नुभयो ।
काठबाट थाल, कचौरा, पानी खानो करुवा, बत्ती बाल्ने दियो, काठका पाला, वाइन कप, ठेकीलगायत सबै सामग्री बनाउने गरेको विकको भनाइ थियो । उहाँका अनुसार रु चार सयदेखि १५ हजारसम्मको प्रति सामग्री तयार हुन्छ । गतवर्ष रु पाँच लाख बराबरको काठका सामग्री बिक्री गरेपनि घाटा भएको उहाँले बताउनुभयो ।
दुइ जना मान्छे राखेर मासिक प्रतिव्यक्ति रु २० हजारका दरले पारिश्रमिक दिएर दुइ महिना काम लगाउँदा आम्दानी हुन नोक्सानी भएको विकले बताउनुभयो । गत चैतैदसैँदेखि दोर्दी गाउँपालिकाले केही सामग्री खरिद गरेर लैजाने गरेको उहाँको भनाइ थियो ।
विकले गत मङ्सिरयतादेखि व्यवसाय नभएको भन्दै साउनदेखि कात्तिकसम्म केही मात्रा बिक्री भएको बताउनुभयो । व्यापार हुएको समयमा दैनिक रु पाँच सय भन्दाबढी बचत हुने उहाँको भनाइ थियो । गाउँपालिका अध्यक्ष युवराज अधिकारीले परम्परागत काठका ठेकी बनाउने व्यवसाय लोप हुँदै गएको भन्दै यसको संरक्षणमा आफू लागिपरेको बताउनुभयो । विगतमा धेरै ठाउँमा यस्ता सामग्री बनाउने भए पनि अहिले पालिकाभरी दुइ जना मात्र रहेको जनाउँदै उहाँले पालिकाले उनीहरुले उत्पादन गरेका ठेकीको प्रवर्द्धन गर्न थालेको जानकारी दिनुभयो ।
पालिकाले मायाको चिनो स्वरुप उनीहरुले बनाएको ठेकी दिन थालेको भन्दै विद्यालय तथा अन्य महोत्सवहरुमा पनि मायाको चिनोस्वरुपत् यस्ता ठेकी दिनलाई उहाँले सबैलाई आग्रह गर्नुभयो ।  उहाँहरुले आधुनिक मेसिन पालिकासँग माग गरे पनि तत्काल बजेट नभएकाले उपलब्ध गराउन नसकिएको अध्यक्ष अधिकारीको भनाइ थियो । आगामी आर्थिक वर्षमा अत्याधुनिक उपकरण उपलब्ध गराउने योजना पालिकाले बनाएको उहाँले जानकारी दिनुभयो ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker