तनहुँको म्यग्देमा पर्यटक बस दुर्घटना हुँदा ६ चिनिया नागरिक घाइते

भञ्ज्याङन्यूज

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका-६ शेराटारमा आज बिहान पर्यटक बस दुर्घटना हुँदा ६ जना चिनियाँ पर्यटक घाइते भएका छन ।

पोखराबाट काठमाण्डौ तर्फ जान आउदै गरेको बा १ प ११३९ नं. को पर्यटक बस सडकको दाया साईडमा पल्टिन गई दुर्घटना हुँदा बसमा सवार २६ जना यात्रुहरु मध्ये ६ जना चिनिया नागरिक घाईते भएको तनहुँका प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाँणले बताए ।

उनका अनुसार घाईतेहरुको हाल जी.पी. कोईराला राष्ट्रिय श्वासप्रस्वास उपचार केन्द्र बेलचौतारा तनहुँमा उपचार भईरहेको र चालकलाई नियन्त्रणमा लिइ घटना सम्बधमा थप अनुसन्धान भईरहेको छ ।

उपचार भईरहेका घाईतेहरु :

१. चिनिया नागरिक बर्ष ६८ को Xucheng ।
२. चिनिया नागरिक बर्ष ६७ को Cao meng ।
३. चिनिया नागरीक बर्ष ५० की Sun li ।
४. चिनिया नागरीक बर्ष ७०को Lio ya Xing ।
५. चिनिया नागरीक बर्ष ६२ को Wang Wei Dong ।
६. चिनिया नागरिक बर्ष ५७ की Huoxiao Li ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker