प्रहरी र युवाहरुको सक्रियतामा देवघाट सेतीभतेरिमा पाँच सय वटा गाँजाका बोट नष्ट

भञ्ज्याङ न्यूज

तनहुँको देवघाट गाउँपालिका स्थित इलाका प्रहरी कार्यालयको नेतृत्वमा गाँजाका बोट नष्ट गर्ने अभियान चलाइएको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत देवघाटको वडा नं. ५ स्थित सेतीभतेरि क्षेत्रमा व्यक्तिगत एवं सार्वजनिक स्थानहरुमा रोपिएका तथा उम्रेका करिब पाँच सय वटा गाँजाका बोटहरु शनिबार बिहान नष्ट गरिएको छ ।

देवघाट इलाका प्रहरी कार्यालयका इन्चार्ज सुशील लामिछानेको नेतृत्वमा स्थानीय युवाहरु सहितको टोलीले गाँजाका बोटहरु फडानी गरी नष्ट गरेको छ ।

सो क्रममा लागुऔंषध दुर्व्यसनी कुलतकै कारण समुदायमा विभिन्न अपराधिक घटनाहरु घट्ने गरेको र पछिल्लो समय कुलतकै कारण धेरै युवाको भविश्य समेत अन्धकार बन्दै गएका कारण यो अभियान सञ्चालन गरिएको इन्चार्ज लामिछानेले बताए ।

युवाहरूलाइ कुलतबाट जोगाउन देवघाट इलाका प्रहरी कार्यालयले लागुऔंषध दुर्व्यसनी सम्बन्धी सचेतना मुलुक कार्यक्रमहरु विभिन्न स्थानमा गर्दै आएको र कुलतमा फेसकाहरुको उद्धारका लागि प्रहरी मात्र लागि परेर नहुँने हुँदा समुदायको भूमिका महत्वपूर्ण भएकाले सकरात्मक सहकार्यका लागि आग्रह गरिएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker