छङ्गेली नेवा खलमा नयाँ कार्यसमिति चयन

दमौली : छङ्गेली नेवा खलको नयाँ कार्यसमिति चयन गरिएको छ । खलको २०औं साधारणसभा तथा ८औं अधिवेशनले चन्द्रकुमार कायस्थको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्म चयन गरेको हो ।
समितिको उपाध्यक्षमा नारायण मल्ल, सचिव डिक्सन मल्ल, कोषाध्यक्ष मन नारायण श्रेष्ठ, सहसचिवमा हर्षनारायण कायस्थ र सहकोषाध्यक्षमा श्याम मल्ल चयन भएका छन् । यस्तै, समितिको सदस्यहरुमा विष्णुकुमार श्रेष्ठ, घनश्याम मल्ल, विरेन्द्र मल्ल, हरि कायस्थ र सतयनारायण मल्ल चयन भएका छन् ।
खलको साधारण सभाको उद्घाटन समारोहमा समाजका क्या. सुर्जकुमार मल्ल, चुडालाल मल्ल, इमकुमार मल्ल, शेरकुमार कायस्थ लगायतले आ–आफ्ना विचार व्यक्त गरेका थिए ।










