तनहुँको शुक्लागण्डकी-६ खैरेनीटारबाट सात जना जुवाडे पक्राउ

- भञ्ज्याङ समाचारदाता (दमौली)
तनहुँको शुक्लागण्डकी नगरपालिका-६ खैरेनीटारबाट जुवा खेल्ने सात जना पक्राउ परेका छन् । खैरेनीटारस्थित सापकोटा होटलमा जुवा खेलिरहेको सूचनाको आधारमा सात जनालाई पक्राउ गरिएको तनहुँ प्रहरीले जनाएको छ ।
तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाको नेतृत्वमा गएको प्रहरी टोलीले शुक्लागण्डकी नगरपालिका-११ का दिपक श्रेष्ठ, दिपक विक, शंकर शर्मा, कमल थापा, व्यास नगरपालिका-१० का मोतीकुमार श्रेष्ठ, बागलुङ ढोरपाटन नगरपालिका-४ का टेक छन्त्याल र पर्वत बालकोटका रवि गुरुङलाई पक्राउ गरेको बताइएको छ । प्रहरीले उनिहरुको साथबाट एक लाख ९७ हजार ९५० रुपैयाँ बरामद गरेको बताइएको छ ।










