हाजिर जवाफ प्रतियोगितामा सत्यवती मावि प्रथम

भञ्ज्याङ न्यूज

तनहुँको व्यास नगरपालिका-४ बागबजार, दमौली स्थित पराशर माध्यामिक विद्यालयले विहीबार आयोजना गरेको अन्तर विद्यालय हाजिरी जवाफ प्रतियोगितामा व्यास-२ स्थित सत्यवती माध्यमिक विद्यालय प्रथम भएको छ ।

उक्त प्रतियोगितामा व्यास-१३ पोखरी भञ्ज्याङ स्थित जनजागृति माध्यामिक विद्यालय द्धितीय भएको छ भने भानु नगरपालिका-५ मईबल स्थित सरस्वती सदन मावि तृतीय भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सूर्यचन्द्र हड्कलेले जानकारी गराए ।

प्रतियोगितामा प्रथमलाई आठ हजार, द्धितीयलाई पाँच हजार र तृतीयलाई तीन हजार नगद तथा प्रमाणपत्रद्वारा पुरस्कृत गरिएको पराशर कलेजका प्रमुख अमृत भण्डारीले बताए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker