व्यक्तिगत स्वार्थ र महत्वकांक्षा गौण हो : सासंद सिग्देल

भञ्ज्याङ समाचारदाता/आँवुखैरेनी

प्रतिनिधिसभाका सदस्य एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) तनहुँका अध्यक्ष केदार सिग्देलले विगतमा जे जस्तो गतिविधिमा संलग्न भएता पनि आत्मालोचना गरेर पार्टीमा नै फर्कन आग्रह गर्दै पार्टीमा व्यक्तिगत स्वार्थ र महत्वकांक्षा गौण हुने बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) आवुँखैरेनी गाउँ कमिटीद्वारा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै सांसद सिग्देलले लामो समयदेखि नेपालको कम्युनिष्ट आन्दोलनको नेतृत्व गर्नुभएका नेताहरुले नयाँ पार्टी गठन गरेर कम्युनिष्ट आन्दोलन नै कमजोर बनाएको हुँदा नेकपा (एमाले)मा नै फर्केर एकजुट हुन आग्रह गरे ।

नेकपा एमाले फुटाउन नेपालको शक्ति मात्र नभै विदेशी समेत लागेको बताउँदै उनले नेपालको नेताहरु भन्दा पनि वाहिरी चलखेलले काम गरेको तर नेताहरु प्रयोग भएको आरोप लगाए । विश्वमा नै कम्युनिष्ट आन्दोलन कमजोर बनाउन विदेशी शक्ति सफल भएको छ, त्यसैले त्यो सबै चिर्नका लागि नेपालको कम्युनिष्ट एकजुट हुन पर्ने बताउँदै उनले नेकपा एमालेको विभाजनले विश्वमानै नकारात्मक सन्देश प्रवाह भएको छ ।

लामो समयसम्म कम्युनिष्टमा आवद्ध हुनु भएका सम्पूर्णलाई पार्टीमा फर्केर समृद्ध नेपाल सुखी नेपाली बनाउने महाअभियानमा सरिक हुन आग्रह गरे । पार्टी कुनै व्यक्ति विशेषको नभै सामुहिकतामा चल्ने पार्टी भएको बताउँदै सांसद सिग्देलले भने, ‘व्यक्तिगत स्वार्थ र इच्छाले पार्टी चल्दैन । पार्टी त विचारको भण्डार हो । तसर्थ पार्टीको मुलधारमा फर्केर काम गर्नुहोस् । सासंद सिग्देलले भन्नुभयो । पार्टीभित्र व्यक्तिगत स्वार्थ र महत्वकांक्षा गौण हो । जनताको परिवर्तन र विकास नै एमालेको मुल मन्त्र हो, यसका लागि एकतावद्ध एमाले नै अहिलेको आवश्यकता हो ।’

गाउँ कमिटी अध्यक्ष मिना अधिकारीको अध्यक्षतामा आयोजित कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य एक वहादुर राना, जिल्ला कमिटीका सदस्य इन्द्र कुवँर लगायतले आ-आफ्ना विचार व्यक्त गरेका थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker