नेकपा (एकीकृत समाजवादी) तनहुँको अध्यक्षमा कार्की
भञ्ज्याङ समाचारदाता/दमौली

नेकपा (एकीकृत समाजवादी) पार्टी तनहुँको अध्यक्षमा श्रीराम कार्की चयन भएका छन् । पार्टीको आइतबार दमौलीमा सम्पन्न विस्तारित बैठकले पार्टी सचिव रहेका कार्कीलाई अध्यक्षमा चयन गरेको हो ।
विस्तारित बैठकले सचिवको जिम्मेवारी दुर्गाकुमार श्रेष्ठलाई दिएको छ । त्यस्तै उपसचिवमा गजेन्द्र पन्त चयन भएका छन् । अध्यक्षमा चयन भएपछि कार्कीले जनताकोर् इमानदार सेवक बनेर स्पष्ट विचार र दृष्टिकोण सहित जनताको समृद्धि र समाजवादको बाटोमा निरन्तर अगाडि बढ्ने बताएका छन् ।










