करिब ४३ वर्षपछि तनहुँको छिम्केश्वरी डाँडामा हिमपात (तस्विर सहित)

भञ्ज्याङ न्यूज

तनहुँको छिम्केश्वरी डाँडामा करिब ४३ वर्षपछि हिमपात भएको छ । बिहीबार साँझबाट परेको झरिसंगै शुक्रबार बिहानदेखी छिम्केश्वरी डाँडामा हिमपात भएको हो ।

आँवुखैरेनी गाउँपालिकाको वडा नं. ५ अवस्थित छिम्केश्वरी तनहुँ जिल्लाको अग्लो पहाड हो । समुन्द्री सतहबाट २ हजार १३४ मिटर उचाइमा फैलिएको यो पहाड प्राकृतिक, धार्मिक र ऐतिहासिक हिसावले महत्वपूर्ण र रमणीय छ ।

गोरखाको मनकामना देवीकी दिदीको रुपमा पुजिने छिम्केश्वरी माईको मन्दिर रहेको यस ठाउँ प्राकृतिक हिसावले पनि निकै रमणीय र महत्वपूर्ण रहेको छ । हिउँपरेसंगै अहिले यस क्षेत्रमा अत्याधिक चिसो बढ्नुका साथै हिउँखेल्नका लागि आन्तरिक पर्यटकहरु आउने गरेको वडा अध्यक्ष पञ्चबहादुर गुरुङले बताए ।

वडाध्यक्ष गुरुङका अनुसार छिम्केश्वरी डाँडामा करिब ४३ वर्षपछि हिमपात भएको र हिमपात भएको क्षेत्रमा मानवबस्ति नभएकोले जनजीवन सामान्य रहेको छ । लामो समयपछि हिउँपर्दा छिम्केश्वरी डाँडाको दृष्य नै निकै मनमोहक देखिएको छ । अहिले हिउँखेल्नका लागि आन्तरिक पर्यटकहरु डाँडामा उक्लन थालेका छन् ।

छिम्केश्वरी मन्दिर भन्दा करिब तीन सय मिटर तलसम्म हिउँ परेको बताइएको छ ।

तस्विर सौजन्य : सूर्यमान सिंह गुरुङ/भञ्ज्याङ

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker