दमौलीका कैदीबन्दीमा छालाजन्य रोग देखियो

दमौली : दमौली कारागारमा रहेका कैदीबन्दीमा छालाजन्य रोग देखिएको छ । तीस पुरुष र १० महिलामा दाद, लुतोलगायत छालासम्बन्धी समस्या देखिएको हो ।

पुरुषतर्फ रक्तचापका १५, मधुमेहका १०, श्वासप्रश्वासका दुई, क्षयरोगका एक, बाथरोगका दुई र एचआइभी संक्रमित दुई कैदी रहेका छन् ।

त्यसैगरी, महिलातर्फ दुई मधुमेह र एक रक्तचापका कैदी रहेका छन् । कैदीबन्दीलाई दैनिक स्वास्थ्य सेवा प्रदान गर्दैआएको कारागारका अहेव श्यामसिं बोहराले बताए ।

उनले भने, ‘सामान्य प्रकृतिका बिरामीका यही उपचार हुन्छ, जटिल प्रकृतिका बिरामीलाई प्रदेश अस्पताल दमौली लैजाने गरिएको छ । गर्मीका कारण छालाजन्य रोगका बिरामी रहे पनि उपचारपश्चात् निको हुँदै गएको छ ।’

‘करिब आठ महिना स्वास्थ्यकर्मी नहुँदा कैदीबन्दीले उपचारका लागि कठिनाइ भोग्नुपरेको थियो, अहिले सहज भएको छ’, उनले भने, ‘१३५ जनाको क्षमता रहेको कारागारमा हाल २४ महिलासहित ३२१ कैदीबन्दी रहेका छन् ।’

लमजुङ सदरमुकाम बेंसीसहरस्थित कारागारको पर्खाल भत्किएपछि यस कारागारमा ३० कैदीबन्दी पठाएको उनले बताए। उक्त कारागारमा रहेका १०९ कैदी र थुनुवालाई छिमेकी जिल्ला तनहुँको दमौली र कास्कीको पोखरास्थित कारागार पठाइएको थियो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker