कोभिड-१९ ले तनहुँका स्वास्थ्य क्षेत्रलाई सबल बनायो

नारायण खड्का/दमौली

कोभिड-१९ (कोरोना भाइरस)का कारण व्यापार, व्यवसाय, शिक्षा तथा मानिसको दैनिकमा समेत प्रभावित हुन पुगे । कोरोना संक्रमणको जोखिम न्यूनिकरण तथा रोकथामका लागि भन्दै लामो समय जारी लकडाउन, निषेधाज्ञा जस्ता गतिविधिले सबै क्षेत्र अस्तव्यस्त भएपनि जिल्लामा स्वास्थ्य क्षेत्र भने सबल बन्दै गएका छन् । संघ र प्रदेशस्तरीय अस्पतालहरु भएतापनि रोगको उपचारका लागि आवश्यक उपकरणहरु नहुँदा पोखरा, चितवन, काठमाडौं लगायतका ठुला शहरमा जानुपर्ने बाँध्यता तनहुँ बासीले झेल्दै आएका थिए । कोरोना कहरकै समयमा प्रदेश र संघको आर्थिक सहयोगमा छोटो समयमै विभिन्न उपकरणहरु जडान गरी जिल्लाका अस्पतालहरुले स्वास्थ्य सेवाको स्तर बढाएका छन् । केही समयअगाडि जनरल वर्ड र एक्सरे, भिडियो एक्सरे लगायतका उपकरण जडान गरिएको दमौली अस्पतालमा पछिल्ला दिन भेन्टिलेटर सहितको आइसियू कक्षको सेवा समेत प्रवाह भएको छ ।

कोरोना संक्रमितको उपचारमा सहज होस भनी प्रदेश सरकारको ७५ लाख ४७ हजार रुपैयाँ सहयोगमा अक्सिजन प्लान्ट पनि निर्माणधिन अवस्थामा छ । अस्पतालमा जोडिएका उपकरणले कोरोना संक्रमितलाई मात्र नभई अन्य रोगका विरामीलाई पनि सहज रुपमा सेवा दिन सहयोग पुगेको दमौली अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुनिल पौड्यलले बताए । उनले भने, ‘प्राथमिकता हामीले कोरोना संक्रमितलाई नै दिएका छौ तर भोलीका दिनमा संक्रमितको संख्या न्युन भएपछि यी उपकरणहरु अन्य रोगका विरामीहरुको उपचारमा समेत काम आउछन् ।’

‘कोरोना कहरका कारण धेर क्षेत्रलाई क्षति पुर्‍याएपनि स्वास्थ्य क्षेत्रमा भने यसले सकरात्मक प्रभाव परेको छ’, डा. पौड्यलले भने, ‘कोरोनाले हामीलाई पहिलेको भन्दा थप जिम्मेबार बनाएको छ । अस्पतालमा उपकरणहरु जोडिदा बिरामीलाई अन्यत्र पठाउनु परेको छैन ।’

यो दुइ वर्षको समयमा अस्पतालमा ४ वटा भेन्टिलेटर सहितको ७ वेडको आइसियु कक्ष, अक्सिजन प्लान्ट, २८ वटा अक्सिजन कन्सन्ट्रेटर, ११० वटा अक्सिजन सिलिन्डर जडान भएका छन् । यो दमौली अस्पतालको लागि उपलब्धिमुलक पाटो भएको उनले बताए ।

सदरमुकामस्थित दमौली अस्पतालमा आधुनिक उपकरणहरु मार्फत उपचार सेवा विस्तार भएको सुन्दा खुसी लागेको व्यास नगरपालिका-१ हाइस्कुलटारका देविन्द्र बि.क.ले बताए । ‘ग्रामीण क्षेत्रबाट उपचार सेवा लिन दमौली अस्पतालनै आउने गर्छन’, उनले भने, ‘उपकरणको अभावमा यहाँबाट पोखरा, चितवन, काठमाडौं लगायतका अस्पतालमा रिर्फर गरिदिदा अस्पतालप्रति विश्वास नै गुमिसकेको थियो । अब हामीपनि हाम्रै ठाउँबाट सहज रुपमा उपचार सेवा लिन पाउने भयौं ।’

यस्तै, जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र, बेलचौतारमा पनि विभिन्न उपकरणहरु जडान गरिएको छ । ५ वटा भेन्टिलेटर सहितको आइसियु कक्ष, २५ वेडको एचडियु कक्ष, अक्सिजन प्लान्ट लगायतका उपकरण जडानले सेवाग्राहीलाई स्वास्थ्य सेवा दिन थप मद्दत पुगेको केन्द्रका कार्यकारी निर्देशक डा. रामकुमार श्रेष्ठले बताए ।

‘यति छोटो समयमा अस्पतालमा यी उपकरण जडान हुन कोभिड-१९ पनि मुख्य कारण हो’, उनले भने, ‘छोटो समयमै उपकरणहरु जडान भए र स्वास्थ्यकर्मीलाई पनि थप सतर्क बनाएको छ । पहिले रुघाखोकीका विरामी आउँदा सामान्य औषधी दिएर पठाइथ्यो भने अहिले कोरोना परीक्षणका साथै अन्य रोगका समस्यहरु समेत पहिचान गरी सोही अनुसारको उपचारसेवा दिने गरेका छौं ।’

अस्पतालमा ३ करोडमा भेन्टिलेटर सहितको आइसियु कक्ष, १ करोड ५० लाखमा एचडियु कक्ष निर्माण गरिएको र ३ करोड रुपैयाँको लागतमा अक्सिजन प्लान्ट निर्माणधिन अवस्थामा रहेको केन्द्रका लेखा अधिकृत बासु दाहालले बताए ।

यस्तै, जिल्लाका अन्य स्वास्थ्य संस्थामा पनि उपचार सेवालाई सहजिकरण गर्न भौतिक पुर्वाधार, आवश्यक उपकरणहरु जडान गर्ने तथा विशेषज्ञा चिकित्सक एवं स्वास्थ्यकर्मीहरुको व्यवस्थापनमा गरिएको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले बताए । उनले भने, ‘कोरोनाका कारण अन्य क्षेत्रमा धेरै क्षति पुगेको छ, समयमा उपचार नपाउदा धेरै मानवीय क्षतिपनि भएको छ । तर, अहिले विस्तारै स्वास्थ्य क्षेत्रको स्तरबृद्धि गरिदै लागिएको हुँदा अब र्सबसाधारणले सहजै उपचार सेवा पाउने आशा जगाएको छ ।’

तनहुँका १० वटै पालिकाहरुले आ-आफ्नो मातहतमा रहेका स्वास्थ्य चौकी, स्वास्थ्य केन्द्रहरुमा पनि आवश्यक स्वास्थ्यकर्मी, औषधी लगायतका सेवा विस्तार गरी सर्वसाधारणलाई सहज रुपमा उपचार सेवा दिने व्यवस्था मिलाउदै लगेका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker