देवघाट गाउँपालिका-५ मा सरसफाई तथा विरुवा वितरण (फोटोफिचर)
भञ्ज्याङ समाचारदाता/देवघाट

तनहुँको देवघाट गाउँपालिका-५ पुरानो बस्ती बोटे समुदाय वरिपरि सरसफाइ र विरुवा वितरण कार्यक्रम गरिएको छ । समृद्धिका लागि त्रिपंछीय आयम नेपाल र देवघाट गाउँपालिकाको समन्वयमा बोटे समुदायको बसोवास रहेको क्षेत्रमा सरसफाइ तथा विरुवा वितरण गरिएको हो ।
कार्यक्रममा देवघाट गाउँपालिका अध्यक्ष दुर्ग बहादुर थापाले सरसफाइ कार्यक्रम तथा विरुवा वितरण गर्दै टोल समुदायको बिकास हामी आफैंबाट सुरु गर्नु पर्ने बताए ।
अध्यक्ष थापाले बोटविरुवा रोपण तथा संरक्षण गर्ने दायित्व पनि हामी सबैको भएको बताए । बोटे समुदायकाका स्वलम्बी महिला समुहका अध्यक्ष बसन्ति बोटे लगायतका ३० घर परिवारलाई करिब टाकी र कागती गरी ३०० विरुवा वितरण गरिएको सामुदायिक सहजकर्ता बिकास बोटेले जानकारी गराए










