२० ग्यारेन्टी व्यवहारिक रुपमा कार्यान्वयन गर्छौ : उम्मेदवार गुरुङ

भञ्ज्याङ समाचारदाता/दुलेगौंडा

नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं तनहुँ क्षेत्र नं. २ का उम्मेदवार किरण गुरुङले नेकपा एमालेनै कम्युनिष्ट आन्दोलनको मुल प्रवाह भएको बताएका छन् । शनिवार म्याग्दे गाउँपालिकाका मतदाताहरुसँग भेटघाट तथा कोणसभालाई सम्बोधन गर्दै उनले साना कम्युनिष्ट घटकहरु विस्तारै मुल प्रवाहमै समाहित हुने उल्लेख गरे ।

केहि समय पार्टीबाहिर रहेका अधिकांश साथीहरु मुल पार्टीमा फर्किसकेको बताउदै उनले बाँकी रहेका साथीहरु पनि आउने विश्वास व्यक्त गरे । ‘एमाले मुलुक र नेपालीको भरोसाको पार्टी हो,’ उनले भने, ‘आगामी चुनावले पनि कम्युनिष्ट आन्दोलनलाई सहि मार्ग दिन जनताले पहिलो पार्टी बनाउनेछन् ।’

उनले एमाले २० ग्यारेन्टिका साथ जनताकोबीचमा पुगिरहेको प्रष्ट पारे । गण्डकी प्रदेशका पूर्व अर्थमन्त्री समेत रहेका गुरुङले स्वदेशी उत्पादन र स्वदेशी उपभोगका लागि ‘मेक इन नेपाल’ अभियान, आवासविहीनलाई सरक्षित आवास र मर्यादित जीवन, निरोगी नेपाल, सबल नागरिकको नीति अघि बढाउने, स्वच्छ पानी, सफा वातावरणको सुनिश्चितता लगायतका ग्यारेन्टी गरेको जानकारी दिए ।

नेता गुरुङले व्यवहारमा लागू गर्न सकिने मात्र एमालेले घोषणापत्रमा समेटेको दाबी गरे । प्रदेशमा अर्थमन्त्री हुदा गरेका कामलेनै जनतालाई उत्साहित बनाएको उनको भनाई थियो ।

तनहुँ २ प्रदेश १ का उम्मेदवार श्यामराजा महतले जनताको आधारभूत विषय पुरा गर्ने उदेश्यका साथ पार्टी लागि परेको बताए । उनले एमालको निति र योजनानै चुनाव जित्ने मुल आधार रहेको प्रष्ट पारे । निर्वाचित भएपछि सधै जनताकोबीचमा रहेका यस क्षेत्रको समुचित विकासमा समर्पित रहने उनको भनाई थियो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker